धरान / धरान उपमहानगरपालिका–१६ बाट ठूलाे मात्रामा लागु औषधसहित  ५ जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार ट्रामाडोल क्याप्सुल (१४,९०१) चौध हजार नौ सय एक) थान , स्पाजमोल ट्याब्लेट (७,४९६) सात हजार चार सय छयानब्बे)  थान, कोलीवन क्याप्सुल (१,१५५) एक हजार एक सय पचपन्न थान र नगद रू.७६,००० (छयत्तर हजार) सहित ५ जना पक्राउ परेका हुन । 

इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी अधिकृतको टोलीले शुक्रबार बेलुका ९  बजे धरान उपमहानगरपालिका–१६ बस्ने १७ बर्षिय किशोरीको कोठामा कानूनी रित पुर्याई चेकजाँच गर्दा उक्त अबैध लागुऔषध र रकम बरामद गरीएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नवीन कृष्ण भण्डारीले जानकारी दिनु भयाे ।

सो कार्यमा संलग्न सोही कोठाबाट १७ बर्षिय किशोरी , धरान उपमहानगरपालिका–४ बस्ने २६ बर्षका मदन राई , धरान उपमहानगरपालिका–४ बस्ने १९ बर्षका सचिन राई, धनकुटा नगरपालिका ३ कागतेका ४५ बर्षका चन्द्रध्वज राई, भारतको अररिया ईन्द्रनगर –९ जोगवनी बस्ने २८ बर्षका रविकुमार सिंहलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान गर्ने कार्य भईरहेको उपरीक्षक भण्डारीले जानकारी दिनु भएकाे छ ।