धरान । विश्वमा नै युवाहरु माझ लोकप्रिय वन्दै गएको फाइट गेम एमएमए (मिक्स मार्सल आर्ट) खेल धरानमा पनि सुरु हुने भएको छ ।

धरानमा यहि साउनदेखि वरियर्स डेन ट्रेनिङ्ग सेन्टरले धनकुटे रोड स्थित वुढासुव्वा फुटसलको हलमा एमएमए फाइटको प्रशिक्षण सुरु गर्न लागेका हुन । काठमाण्डौ र पोखरा गरि तिन स्थानमा मात्र प्रशिक्षण हुने एमएमए फाइट प्रिशिक्षण कोशि प्रदेश भरि धरानमा यो पहिलो हो । वरियर्स डेन युवा नेता सन्तोष विक र एमएमए खेलाडि एलिस लिम्वुले संचालन गर्न लागेका हुन ।
       व्यवसायीक रुपमा खोल्न अघि वरियर्सले यहि असार १६ गते देखि २२ गते सम्म एक हप्ते एमएमए सेमिनारको आयोजना गरेका छन । एमएमए फाइट खेलको प्रवद्धन तथा आधारभुत प्रशिक्षण दिनका लागि एक हप्ते एमएमए फाइट सेमिनारको आयोजना गरिएको वरिवर्स डेनका संचालक एवं एमएमए खेलाडि एलिस लिम्वुले जानकारी गराउनु भयाे । एक हप्तासम्म चलेको सेमिनार तथा प्रशिक्षणमा सहभागि विद्यार्थीहरुलाई युके वाट आएका एमएमए फाइटका प्रोफेसनल खेलाडी रिर्चड मर्सन र एलिस लिम्वुले प्रशिक्षण दिनु भएकाे थियाे ।
      सेमिनारमा धरान आर्दश, केके स्कुल र डिपि विलिभर्स स्कुलका विद्यार्थीहरुले सहभागिता जनाएका थिए । उनीहरुलाई एमएमए फाइट प्रशिक्षणसंगै सहभागिहरुलाई एमएमए खेलको विषयमा जानकारी समेत गराइएको संचालक सन्तोष विकले जानकारी दिनु भयाे । एमएमए फाइट भन्न वित्तिक्कै अलि एग्रेसिभ र फरक खेलको रुपमा वुभ्mने गरेको पाइन्छ । तर यो विल्कुलै अन्य खेलकुद जस्तै सामान्य खेल नै हो । यो फाइट आर्ट हो । यस खेलले अनुशासन, हार्डवर्क, फिटनेस र सेल्फ डिफेन्स सिकाउने प्रशिक्षक एलिस लिम्वुले वताउनु भयाे । लिम्वुले भन्नु भयाे, एमएमए प्रशिक्षणमा सहभागि विद्यार्थीहलाई तीन विधामा सिकाउछौ । पहिलो कसरी सेल्फ डिफेन्स गर्ने व्राजिलियन फिजित्सु आर्ट, दोस्रो कसरी लडाउने भनेर रेस्लिङ आर्ट र कसरी डिफेन्स गर्दै प्रहार गर्ने कला स्ट्राइकिङ आर्ट सिकाउछौ । विभिन्न फाइट आर्टहरुको मिश्रण रहेको खेल एमएमए फाइट आर्ट अमेरिकावाट सुरु भएको हो । अहिले विश्वमा नै लोकप्रिय र व्यावसायीक रुपमा यो खेल सफल वन्दै गइरहेको लिम्वुले वताउनु भयाे । लिम्वु आफै पनि केहि महिना पछि माल्दिभ्समा हुन लागेको एमएमए फाइटमा वरियर्स डेनवाट नेपालको प्रतिनिधित्व गर्दै खेल्न जान लागेकाे बताइएकाे छ ।