धरान  / धरानको नाम चलेको नृत्य प्रशिक्षण केन्द्र युनाइटेड डान्स एकेडेमीले नियमित गदैं आएको नगर स्तरीय स्कुल डान्स आइडल - २०८१ को तेश्रो राउण्डको अडिसन यही साउन १९ गते सम्ँपन्न गर्ने भएको छ । 

धरान ९ स्थित होटल रत्न इनमा हुने अडिसनबाट सिनियर र जुनियरबाट १५/१५ जना उत्कृष्ट डान्सरहरु छानिने छन् । 

विद्यार्थीहरुको प्रतिभालाई एउटा प्लेटफर्मको रुपममा प्रदान गदैं आएको एकेडेमीले कक्षा ६ देखि ९ सम्मका विद्यार्थी सहभागी सिनियर ८ औं र कक्षा १ देखि ५ सम्मका विद्यार्थी सहभागी जुनियर ६औं संस्करण भएको एकेडेमीका प्रवन्ध निर्देशक सन्तोष तामाङले जानकारी दिनु भयो । धरानका २७ विद्यालयबाट ५ हजार ५ सय ३७ जना बाट थानिएर हाल सिनियरमा ५५ र जुनियरमा ६८ जना विद्यार्थी प्रतियोगितामा सहभागी छन् । 

विद्यार्थी भित्र लुकेको नृत्य कला प्रस्फुटन गराउन यस्तो प्रतियोगिता गरिएको निर्देशक तामाङले बताउनु भयो । प्रतियोगिताको फाइनल यही मङसिर १९गते सम्पन्न हुने छ । प्रतियोगितामा सिनियर तर्फ प्रथम, द्वीतीय र तृतीयलाई क्रमशः नगद एक लाख, ५० हजार र २५ हजार पुरस्कार रहेको छ । यस्तै जुनियर तर्फ क्रमशः ५० हजार २५ हजार र १५ हजार नगद रहेको छ ।  प्रतियाेगिताका निर्णायकमा तृष्णा राई र देवराज खडका रहनु भएकाे छ ।

२०७१ सालमा स्थापना भएकाे एकेडेमीले धरानका करिव ५ सय जना बढीलाई नृत्यकला सिकाएकाे छ । यहाँ  सिकेका व्यक्त्रिहरु विभिन्न कलेज र डान्स सेन्टरमा प्रशिक्षककाे रुपमा काम गर्दै  आएका छन् ।