धरान । धरान १८ स्थितडिपोर्ट स्कुलले एसईई परीक्षामा सफल हुने विद्यार्थीलाई सम्मान गरेकाे छ । मंगलबार एक कार्यक्रमकाे आयाेजना गरि सम्मान गरेकाे हाे ।

डिपोर्ट स्कुलले जम्मा ९६ जना विद्यार्थीहरु नै उत्कृष्ट नतिजा ल्याएर परीक्षामा उतीर्ण भएका छन् ।

विद्यालयका प्रधानाध्यापक राजकुमार राईका अनुसार ए प्लस १० जना,ए ग्रेड ५९ र बाँकी बी प्लस र बी ग्रेडमा उतीर्ण भएका छन् ।

डिपोर्टमा नर्सरीदेखि कक्षा ११ र १२ सम्म अध्ययन हुने गरेको छ भने स्कुलले यो बर्षको नयाँ विद्यार्थी भर्नाको लागि भर्ना अभियान शुरु गरेको छ । स्कुलले साइन्स,कम्युटर साइन्स र म्यानेजमेण्ट विषयमा अध्यापन गराउँदैछ ।

प्रधानाध्यपक राईका अनुसार कक्षा ११ र १२ मा यसपालीदेखि सबै स्मार्ट बोर्डको माध्यमद्धारा अध्यापन गराईने बताउनु भयाे ।