धरान । याडिकल लाईट नेपाल प्रालि धरानले आयोजना गरेको  कोशी प्रदेस स्तरीय एसईई स्पिकर-२०८१ को उपाधी धरान-६ पानबारीस्थित शिक्षा  सन्देस बोर्डिङ्बाट एसईई दिएकी छात्रा ममता तामाङले जित्नु भएकाे छ ।

     धरान-८ स्थित सहिद स्मृति माबिको सभाहलमा भएको प्रतियोगीतामा १५ प्रतिष्पर्धीहरु मध्ये १४ जनालाई पछि पार्दै  ममताले उपाधी  हात पार्नु भएकाु हाे।  उपाधीसङ्गै ममताले  २० हजार रुपैया नगद , प्रमाणपत्र र प्लस टु अध्ययनका लागि शत प्रतिशत छात्रवृत्ति प्राप्त गर्नु भएकाे छ । चतरास्थित  हिमालयन बोर्डिङ स्कुलकी दीया  राई फष्ट रनर अप भईन। यस सङ्गै दीयाले १५ हजार रुपैया नगद , प्रमाणपत्र र प्लस टु अध्ययनका लागि ७० प्रतिशत छात्रबृत्ती प्राप्त गर्नुलसैभयाे । यसै गरी धरान-१८ स्थित जेम आवासिय माबिकि क्याथरिन योन्जनले सेकेन्ड रनर अपको उपाधीसङ्गै १० हजार नगद, प्रमाणपत्र र प्लस टु अध्ययनका लागि ६० प्रतिशत छात्रवृत्ति प्राप्त गर्नुल भएकाे छ । इटहरी-२० तरहरा स्थित जनसहयोग माविकी रेशिका शर्माले थर्ड रनर अपको उपाधी सङ्गै ५ हजर नगद, प्रमाणपत्र र प्लस टु अध्ययनका लागि ५० प्रतिशत छात्रवृत्ति प्राप्त गर्नु भयाे ।

   सब टाईटल तर्फ सहिद स्मृति माबि.का जेलिशा पौडेल र झरना राईले क्रमश:बेस्ट प्रेजेन्टर र मस्ट ओबिडियन्टको उपाधी प्राप्त गरे। धरान-१५ स्थित हिबिस्कस इङ्लिश बोर्डिङका जनक साह र चिल्ड्रेन एकाडेमिका सेनिता लिम्बुले क्रमश: बेस्ट प्रननसियसन र मस्ट पङ्चुअलको उपाधी जितेका छन ।धरान-६ स्थित सरस्वती माबिका जेनिशा सुनाम र एभरेस्ट चिल्ड्रेन होम बोर्डिङकी स्मृती लिम्बुले क्रमश: मस्ट एक्टिभ र मस्ट सिन्सियरको उपाधी हासिल गरे। धरान-१० स्थित यु.एन. स्कुलका प्रेम बिश्वकर्माले मस्ट कोअपरेटिभको उपाधी जिते। धरान-३ स्थित भानु स्मृति मा.बि. कि निशा बराईलीले मस्ट फ्लुएन्टको उपाधी जितिन भने धरान-१६ स्थित सियोन स्कुलकी सोनिया नेपालीले मस्ट सोसियलको उपाधी हासिल गरिन।यसैगरी बराहक्षेत्र कालाबन्जार स्थित ज.डे.ज.मा.बि. कि कन्चन पौडेलले पब्लिक चोइसको उपाधी जितिन । धरान-१७ पट्नाली स्थित ज्वालामुखी मा.बि. कि बिबिका राईले मस्ट डिसिप्लिनको उपाधी जितिन।सब टाईटलको उपाधी जित्मे बिद्यार्थीहरुले १/१ हजार नगद, प्रमाणपत्र र प्लस टु अध्यनका लागि ३० प्रतिशत छात्रवृत्ति प्राप्त गरेका छन।

  प्रतियोगीताको निर्णायकहरुमा महेन्द्र बहुमुखी क्याम्पस का उप-प्राध्यापक राजेस बिद्रोही र शिक्षा सदन माविका शिक्षक अशोक पोख्रेल रहनु भएकाे छ ।

    २०८० सालको एस.ई.ई. दिएर बसेका बिद्यार्थीहरुको खाली समयको सदुपयोग गर्दै बोल्ने क्षमताको बिकास गर्ने उद्येश्यले प्रतियोगिताको आयोजना गरिएको प्रालिका अध्यक्ष तिर्थ कार्कीले जानजारी दिनु भयाे ।

   प्रालिका प्रबन्ध निर्देशक हिमाल कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेस योजना आयोगका सदस्य भवानी बराल प्रमुख अतिथि रहनु भएकाे थियाे । राष्ट्रिय राजनीतिमा बहस गर्नुपर्ने बिषयबस्तुमा एस.ई.ई. स्पिकरका सहभागिहरुले बोल्नु अत्यन्तै राम्रो भएको प्रमुख अतिथि बरालले बताउनु भयाे ।कार्यक्रममा नेपाल पत्रकार महासङ्घ कोशी प्रदेसका सचिव देबेन्द्र कार्की, सहिद स्मृति माबिका प्रधानाध्यापक राम बिष्ट,एस.ई.ई.स्पिकर -२०८० कि बिजेता एन्जिला कार्की लगायतले मन्तब्य राख्नु भयाे । कार्यक्रममा सुमेधा एजुकेसन कन्सल्टेन्सी प्रालिका अध्यक्ष सुरेन्द्र घिमिरे, शिक्षा सन्देस बोर्डिङ्का प्रीन्सिपल बिद्या भूषण गुप्ता, यु.एन.नबोदय कलेजका पब्लिक रिलेसन अफिसर राम लिम्बू, सुनाखरी एकेडमीका प्रिन्सिपल मिलनकुमार राईलगायतको उपस्थिति थियो। एस.ई.ई.स्पिकरको पहिलो अडिसनमा कोशी प्रदेसका विभिन्न जिल्लाका १७३ बिद्यार्थीहरु सहभागी भएको आयोजकले जनाएको छ।

Messenger_creation_265c94f3-1c41-45bd-b76f-fef4fce2e6cf