धरान । धरान ५ देउराली  स्थित डी पी बिलिभर्स इङ्गलिस स्कुलमा एक दिने प्रजनन स्वास्थ्य तथा मासिक धर्म स्वच्छता सम्बन्धि जनचेतना  सेमिनार सम्पन्न भएको छ ।
स्कुलका प्राचार्य संजीप बान्तवाको अध्यक्षतामा भएको सेमिनारमा कक्षा ७ देखि १० सम्मका विद्यार्थी र शिक्षकहरुले सहभागिता रहेकाे थियो । सेमीनारमा सहजकर्ताको रुपमा रहेका बिराट हेल्थ इंडस्ट्रीका स्वास्थ्य सहायकहरू रानी कार्की,  स्वेता मल्लिक , स्नेह गुवजु र सुनिता पेश्कर्मले विद्यार्थीहरुलाई  प्रजनन स्वास्थ्य तथा मासिक धर्म स्वच्छताबारेमा जानकारी र अन्तरक्रिया गराउनु भएकाे थियाे । 
उद्घाटन सत्रमा सम्बोधन गर्ने क्रममा स्कुलका प्राचार्य संजीप बान्तवाले प्रजनन स्वास्थ्य तथा मासिक धर्म स्वच्छता सामान्य र प्राकृतिक प्रक्रिया भएकोले यस सम्बन्धि समस्याहरुको बारेमा जानकारी दिन उक्त सेमिनारको आजोजना गरेको बताउनु भयाे । 
सेमिनारको दोस्रो सत्रमा सहभागी विद्यार्थी र शिक्षकहरुमा मनोरन्जनात्मक खेलमाको अयोजना गरि विजेता तथा उपविजेताहरुलाई पुरस्कार प्रदान गरिएको थियो । 
स्कुलका सह– प्राचार्य  कुर्मित लेप्चाले सेमिनारका बक्ताहरुलाइ धन्यवाद साथै मायाको चिनो प्रदान गर्नु भयाे ।