विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश योजना आयोगमा चार सदस्य नियुक्त गरेको छ ।

साेमबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोगको सदस्यहरुमा डा. सिताराम बस्नेत (काठमाडौं), किशोर थुलुङ (धरान), भवानी बराल (धरान) र, नमिता न्यौपाने (विराटनगर)लाई नियुक्त गरेको छ ।

मुख्यमन्त्री अध्यक्ष हुने प्रदेश योजना आयोगकको उपाध्यक्षमा झापाका डा.राजेन्द्र अधिकारी यसअघि नै नियुक्त हुनु भएकाे थियाे ।

नियुक्त भएकामध्ये बस्नेत र थुलुङ नेकपा एमालेको कोटामा तथा बराल र न्यौपाने माओवादीको कोटामा नियुक्त भएको बताइएकाे छ ।