धरान  /  चैनपुर नगरपालिकाकी कार्यपालिका सदस्य चन्द्रवती  त्रिखत्री कुनै कार्यक्रममा जादाँ बोल्नुपर्दा असाध्य अप्ठ्यारो मान्नुहुन्थ्यो । कुनै कार्यक्रममा बोल्न नपाए हुने थियो भन्ने उहाँलाई लाग्थ्यो । झन मञ्चमा गएर बोल्न त काँडा नै उम्रिन्थ्ये । 

जनप्रतिनीधि भएको हिसावले अग्रसर भएर बोल्नुपर्ने, अरुका समस्या सम्बन्धित निकायसम्म पुर्याउनुपर्ने उहाँको दैनिकी थियो तर भीडका अगाडी उभिए बोल्दा लगलग खुट्टा काम्थ्ये । बोल्न खोजेको कुरा हराउथे । 

यस्तै ६ नं. वडाकी महिला वडा सदस्य विमला गौतम पनि मान्छेका अगाडी उभिएर बोल्दा धकाउने, खुट्टा काप्ने समस्या थियो । झन मञ्चमा पुगेर बोल्न खोज्दा शरीर नै काम्न् गर्दथ्यो । 

यस्तै चैनपुर नगरपालिका वडा नं. ६ मञ्ज्याङ टोल विकास संस्थाकी अध्यक्ष सीता भट्टराईलाई पनि जमातमा उभिएर आफ्ना कुरा निर्धक्क राख्न आट आउदैंन थियो । कुनै भेला छलफलमा नबोल्न पाए हुने थियो भन्ने उहाँको मनमा लाग्ने गर्दथ्यो । 

तर यति बेला चन्द्रवती , विमला, सीताको जीवन बद्लिएको छ । आफ्ना कुरा जुनसुकै ठाउँमा पुगेर राख्न सक्ने आत्मविश्वास बढेको छ । मञ्चमा उभिदा खुट्टा काम्दैंनन् । भीडमा उभिएर बोलन पाए हुने थियो भन्ने आत्मवल उहाँहरुमा बढेको छ । 


टेवा संस्था धापासीको आर्थिक सहयोगमा बोधी जागृत महिला संस्था चैनपुरले केही दिन अघि चैनपुर नगरपालिकाको सभा हलमा आयोजना गरेको पाँच दिने वाक्कला (उद्घोषण तथा भाषणकला) तालिममा सहभागी भए पछि उहाँहरु निर्धक्कका साथ फर्ररर बोल्न सक्ने हुनु भएको हो । उहाँहरु जस्तै नगरपालिका भित्रका महिला जनप्रतिनीधि, टोलविकास संस्थाका अगुवा महिलाहरुमा आफ्ना कुरा निर्धक्कका साथ राख्न सक्ने आत्मविश्वास बढेको छ । 

तालिमको समापनमा  विमला गौतम र अस्मिता डागीले मज्जाले निर्धक्कसँग कार्यक्रम चलाउनु भयो । विमलाले भन्नुभयो, ‘हिजोसम्म कार्यक्रममा जाँदा बोल्न लगाउलान कि भन्ने डर हुन्थ्यो अव त बोल्न नदिएलाल भन्ने पीर छ । कार्यक्रम हुँदैं गरेको कतै भेट्दा आफु चलाउन पाए हुने थियो भन्ने लाग्छ । 

वाक् कला तालिममा चैनपुर नगरपालिकाको ९ वटै वडाका २० जना अगुवा महिलाहरुको सहभागिता थियो । विमला, सीता मात्र होइन तालिममा सहभागी सबै जना आत्मविश्वासका साथ बोल्न सक्ने भए पछि आयोजक संस्था र प्रशिक्षकसँग खुशीसमेत हुनु भएको छ । 

झन प्रशिक्षकले वाक् कलासँगै घर परिवारमा व्यवहार कसरी गर्ने, अरुको स्वास्थ्य आलोचना कसरी गर्ने भन्ने सीपले महिलाहरुको जीवनशैली नै बदलिएको आयोजक संस्थाकी अध्यक्ष मनमाया तामाङले बताउनु भयो । आत्मविश्वास बढाउने तरिका, बोल्ने शैली, घर परिवारमा गर्ने व्यवहारको शैली, भाषण गर्ने कला सिक्न पाउदा महिलाहरु उत्साही भएको समापन कार्यक्रममा चैनपुर नगरपालिकाकी उममेयर एलिना श्रेष्ठले बताउनु भयो । 

 तालिमको सहजीकरण प्रशिक्षक देबेन्द्र कार्कीले गर्नु भएको थियो । अव त कार्यक्रम सञ्चालन गर्ने मात्र होइन, मन्तव्य व्यक्त गर्ने, समाजमा आफ्ना धारणा राख्ने, अरुलाई चोट नपुुने गरि आलोचना गर्ने सीपले उत्साहा थपेको सहभागी सीता भट्टराईले बताउनु भयो । 

गाँउघरका महिलाहरु यस कार्यक्रमले निकै लाभान्वित भएको तालिममा सहभागगी रोजिना कर्माचार्यले बताउनु भयो । तालिम पछि ठूलो भीड देख्दा डराउने, मञ्चमा पुग्दा धकाउने रोग हटेर गएको अर्की सहभागी  छविमाया तामाङले बताउनु भयाे । 

तालिम पछि सीता भट्टराई भन्नुहुन्छ, -'अव महिलालाई आसन, भाषण र शासनमा सहभागी गराउन दवाव दिन सक्ने आत्मविश्वास जागेको छ । हामी आफ्नो अधिकारका लागि निर्धक्क भएर आवाज उठाउन सक्ने भएका छौं । टेवा संस्थाले फेरी पुनताजकीका लागि अरु थप कार्यक्रम दिए अझ महिनाहरु लाभान्वित हुने उहाँको भनाई थियो ।' 

प्रयोगात्मक तरिकाले तालिम प्रदान गरिएको र सबैको सकृय सहभागीताले तालिम फलदायी भएको प्रशिक्षक देवेन्द्र कार्कीले बताउनु भएको छ । तालिम प्रभावकारी भएको भन्दैं उपमेयर श्रेष्ठले संस्थासँग सहकार्य  गरेर नगरपालिकाबाट पनि आगामी दिनमा कार्यक्रम गरिने प्रतिवद्धता जनाउनु भयो ।