धरान । नेकपा (एमाले)का सुनसरी जिल्ला  नव निर्वाचित अध्यक्ष निलम खनालको भारतमा निधन भएको छ।

उहाँ प्यांक्रियाजको समस्याबाट पीडित हुनुहुन्थ्याे। उपचारका लागि भारतको हैदराबाद जाने क्रममा कागजनगरमा खनालको निधन भएको हाे ।

जेठ ८ गते सम्पन्न एमालेको जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित हुनु भएकाे थियाे। शपथ ग्रहणपछि उहाँ उपचारका लागि भारत जानू भएकाे उहाँकाे परिवारले वनाएकाे छ ।

बराहक्षेत्र नगरपालिकाका पूर्व मेयर समेत रहनु भएका खनाल निर्वाचन अघि उपाध्यक्ष हुनुहुन्थ्याे ।