धरान /  एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित टप युनिभर्सल एकेडेमिको वार्षिक स्पोर्टस मिट अन्तर्गत  बुधवार धरानमा बास्केटवल सम्पन्न गरेको छ ।

धरान १६ स्थित इन्डोर बास्केटवल कोर्टमा वुधवार बास्केटवल खेलबाट उद्धघाटन गर्दै टप युनिभर्सल स्पोर्टस मिट २०८१ सुरु भएको हो। आयोजित कार्यक्रमका प्रमुख अतिथि सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदिको हातबाट रेफ्रिलाई बास्केटवल हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गरिएको थियो ।  

बास्केटवल खेलमा महिलातर्फ टप युनिभर्सल सेतो टिम र पुरुषतर्फ टप युनिभर्सल ओरेन्ज टिम विजेता बनेको छ। महिलातर्फ सेतो टिमले ओरेन्ज टिमलाई २२–२ र पुरुषतर्फ ओरेन्ज टिमले सेतो टिमलाई ६–२ अंकको अन्तरले पराजित गरेको छ ।

स्पोर्टस मिटमा टप युनिभर्सल एकेडेमिमा एसईई दिएर व्रिज कोर्ष गरिरहेको विद्यार्थीहरुले भाग लिएका छन्। एसईई दिएर बसेका विद्यार्थीहरुको फुर्सदको समयलाई सदुपयोग गर्नका लागि आफ्नो विद्यार्थीहरुका लागि स्पोर्टस मिट अन्तर्गत अतिरिक्त क्रियाकलापको आयोजना गरिएको टप युनिभर्सलका एमडी प्रकाश लकान्द्रिले जानकारी दिनुभएको छ । 

शिक्षा संगै अतिरिक्त क्रियाकलापको आयोजनाले विद्यार्थीहरुमा भएको प्रतिभालाई प्रोत्साहन गर्न खेलकुदा आयोजना गरिएको उहाँले बताउनुभयो । स्पोर्टस मिट अन्तर्गत यस अघि फुटसल, जुम्वा क्लास, पिटी क्लास, धरानको धार्मिक स्थलहरुमा हाइकिङ्ग कार्यक्रम सम्पन्न भइसकेको छ । जेष्ठ(२८ गतेसम्म सम्पन्न हुने मिटमा मिनि म्याराथुन, भलिवल, चिन्डे डाडा हाइकिङ्ग, साकेला नाच प्रदर्शन तथा प्रशिक्षण, सिङ्गिङ, डान्सिङ्ग, धरान इन्जिनियर क्याम्पस अवलोकनलगायत कार्यक्रम गरिने उहाँले जानकारी दिनु भयो । 

धरान वाड नं। ९ स्थित पुतली लाइनमा रहेको टप युनिभर्सलमा व्रिज कोर्ष संगै पिसिएल इन्ट्रान्स क्लास एमविविएस, विडिएस, विएससि नर्सिङ, इन्जिनियर तयारी कक्षा आइएलटिएस, पिटिइ, जापानिज भाषा कक्षा संचालन हुदैं आएको छ ।