धरान ।
श्री महाकाली वाइनको प्रमुख उत्पादन डिभाइन वाइनले जेठ १९ देखि सुरु भइरहेको
आईसीसी टी-२० विश्वकप क्रिकेट २०२४ अन्तर्गत नेपालका खेलहरुमा खसेको प्रत्येक डट
बलमा १० वटा बिरुवाहरु रोप्ने बताएको छ ।
खेलकुदलाई प्रकृतिसंग सहकार्य गराउने
उद्धेश्यले यो निणर्य गरिएको हो । सुरुवाती चरणमा नेपालले ४ वटा खेलहरु खेल्ने छन्
। जसमा पहिलो खेल नेदरल्याण्ड , दोस्रो श्रीलंका, तेस्रो साउथ अफ्रिका र चौथोमा बंगलादेशसंग खेल्नेछन् । यी प्रत्येक खेलमा
खसेको डट बलमा हरेक बल बराबर १० वटा
बिरुवाहरु रोपिने कम्पनीले जनाएको छ ।
सोही निर्णय अन्तर्गत रहेर जेठ २२ गते हुने
पहिलो खेल नेपाल र नेदरल्याड बिचको खेलमा खसेको डट बल हरुको आधारमा आएको संख्या
बराबरको बिरुवाहरु श्रमसंस्कृतिको प्रणेता तथा धरानमा बिरुवा रोप्ने अभियानमा लागेका धरान उपमहानगरपालिकाको मेयर हर्क साम्पाङ्ग
राईको अभियानलाई प्रदान गरिने छ ।