धरान । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हातामा नयाँ व्यवस्थापनमा अस्पताल क्यान्टिन सुरू गरिएकाे छ ।

छ महिनाअघि ठेक्का प्राप्त गरेको सुनिल क्यान्टिन तथा खुद्रा कपडा पसलले बुधबारबाट सञ्चालनमा ल्याएको हो । क्यान्टिनकाे उद्घाटन बीपी प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा. सूर्यप्रसाद सङ्ग्रौला, अस्पताल निर्देशक डा. जगतनारायण प्रसादले गर्नु भएकाे छ ।

 सञ्चालक सुनिल साहले २४ सै घण्टा सेवा दिने बताउनु भएकाे छ । खानासँगै कफी हाउस, फलफुल पसल पनि सुरू गरिएकाे छ ।