धरान / नेकपा एमाले सुनसरीको आठौं अधिवेशनको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ८० पिन्ट रगत संकलन भएको छ । 

शनिबार देखि सोमबारसम्म इटहरीको लायन्स क्लबको सभाहलमा आयोजना हुने आठौं अधिवेशनको अवसरमा इटहरी ६ मितेरी होटलको अगाडि आयोजना गरिएको रक्तदान कार्यक्रममा ८० पिन्ट रगत संकलन भएको आयोजकले जनाएको छ ।

नेकपा एमाले सुनसरी जिल्ला कमिटीको आयोजनामा भएको रक्तदान कार्यक्रम पार्टीको इटहरी नगर कमिटीले व्यवस्थापन गरेको थियो । रक्तदान कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता, विद्यार्थी, युवाहरुले रक्तदान गरेका थिए । नेपाल रेडक्रस सोसाइटी सुनसरीको सहकार्यमा संचालन भएको रक्तदान कार्यक्रममा संकलित रगत धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ब्लड बैंकमा जम्मा गरिएको कार्यक्रम संयोजक तथा नेकपा एमाले सुनसरी प्रचार तथा प्रकाशन विभाग सचिव सुभद्रा प्याकुरेलले जानकारी दिनु भयो ।