• खगेन्द्र कार्की

फत्तेपुर ।  सप्तरीको सप्तकोशी नगरपालिका–१, फत्तेपुरमा रहेको  नेपाल वैंक लिमिटेडका सुरक्षागार्ड पर्शुराम फुयालको हत्यामा संलग्न भएको आसंकामा एक जनालार्इ प्रहरीले पक्राउ गरि आइतबार सार्बजनिक गरेको छ। 

पक्राउ पर्नेमा सप्तकोशी नगरपालिका वडा न ५, गंगाजली घर भएका  ३२ वर्षीय चन्द्रबहादुर सुवेदी रहेको प्रहरीले जनाएको छ।                                            जिल्ला प्रहरी कार्यलय सप्तरीका अनुसार हत्यामा संलग्न रहेका सुबेदीलाइ चितवन प्रहरीको सहयोगमा राप्ती नगरपालिका वडा न १ लोथर चितवनबाट शनिबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय सप्तरीका डिएसपी ढुण्डिराज नेउपानेले जानकारी दिनुभएको छ । 

अभियुक्तले हत्यामा प्रयोग गरेको खुकुरी, घटनाको समयमा बोकेको झोला, घटनाको समयमा लगाएको जुत्ता पन्जा सेन्डो, घटनामा प्रयोग गरेको हेक्सो ब्लेड रेन्च पिलास, डोरि , रड र घटना स्थलमा प्रयोग गरेको काठ बरामद गरेको उहाँले जानकारी दिनु भयो ।  पक्राउ परेका सुवेदी सशस्त्र प्रहरीमा जागिर खादैगर्दा भागेर घर मै बस्दै आएकाे पाइएकाे छ ।  निकै अध्ययन गरेर बैक लुट्न गएकाे बुझिएकाे छ । प्रारम्भिक अ्धययनमा उनी एक्लै देखिएक छन् । 

नेपाल बैंक लिमिटेड फत्तेपुर शाखा मा सुरक्षा गार्डको रुपमा काम गर्दै आएका सप्तकोशी नगरपालिका वडा न २, सिद्धिपुरका ५५  वर्षीय फुयाँल बिहीबार विहान बैंकको सुरक्षा गार्डको कोठामै मृत अबस्थामा  फेला परेका पर्नु भएको थियो । फुयालको खुकुरी प्रहार गरी हत्या गरिएको सप्तरी प्रहरीले जनाएको छ।  बिगत  ८ वर्षदेखि नेपाल बैंकमा  सुरक्षा गार्डको काम गर्दै आउनुभएका फुयाल बिहिवार बिहान ५ बजे सम्म बैंकको गेटको ढोका नखोले पछि प्रहरीलाइ खबर गरि गेटको चाबि काटि गार्डको कोठामा हेर्दा फुयाल रगताम्बे अबस्थामा मृत अबस्था रहेको फत्तेपुर प्रहरी चौकिका प्रमुख अरुणकुमार यादवले जानकारी दिए ।