धरान  / धरानवासीलाई सुलभ रुपमा सेवा प्रदान गर्ने अभिप्रायले धरान उपमहानगरपालिका वडा नं ८ स्थित वरगाछीमा १५ बेडको धरान सिटी हस्पिटल संचालनमा आएको छ । 

शुक्रबार शुक्रबार औपचारिक कार्यक्रम गरि सेवा शुभराम्भ गरिएको हो । नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि चाम्लिङ राईले रिवन काटेर हस्पिटलको उद्घाटन गर्नु भएको थियो । 

आँखा र दाँत बाहेकका बिशेषज्ञ डाक्टरहरुबाट ओपिडी सेवा पनि उपलब्ध हुने संचालकले बताएका छन् । अस्पताल १५ बेडबाट सुरु गरिएको अस्पतालकी अध्यक्ष वरिष्ठ स्त्री तथा प्रसुती रोग डाक्टर खुश्बु अग्रवालले जानकारी दिनुभयो । 

चौबिसै घण्टा २ जना डाक्टरसहित इर्मजेन्सी सेवा उपलब्ध रहने छ । विहान ९ बजेदेखि ५ बजेसम्म ओपिडी सेवा व्यवस्थापन गरिएको अध्यक्ष अग्रवालले जानकारी गराउनु भयो । 

ल्याब र फार्मेसी पनि संचालन हुने बताइएको छ । अस्पतालमा माइनर अप्रेशन पनि हुने छ । तत्काल व्यवस्थित अप्रेशन थिएटर र आइसियु सुविधा नभएकोले जटिल किसिमका विरामी भर्ना नलिने उहाँले बताउनु भएको छ । भविष्यमा चाढै आइसियुसेवा व्यवस्थापन गरेर मेजर अपरेसन गरिने उहाँले जानकारी दिनुभयो । 

अस्पतालमा अत्याधुनिक ल्याब तथा प्याथोलोजी सेवा, एक्स रे, इसिजि सेवा, एम्बुलेन्स सेवा पनि रहेको छ । यस्तै, भिडियो एक्स रे, इकोकार्डियोग्राफी, नवजात शिशु तथा बाल रोग उपचार, प्रसुति एवं स्त्रीरोग सम्बन्धी सम्पुर्ण सेवा पनि रहेको उहाँले जानकारी गराउनुभएको छ । चार जना बोर्ड सदस्य रहेको प्रालिले करिब एक करोड हाराहारीमा लगानी गरेर अस्पताल सुरु गरिएको बताइएको छ ।