धरान  / कोशी प्रदेश कै नमुना सामुदायिक विद्यालय पब्लिक हाइस्कूल धरानलाई पूर्वाधार विकासको लागि रु. ९ लाख ६२ हजार  सहयोग प्राप्त भएको छ । 

स्व. प्रेमचन्द्र गिरी स्मृति कोषका संरक्षक एवं पूर्व विद्यार्थी श्यामगोविन्द श्रेष्ठ,  सुरशकुमार शर्मा र सूर्यशेखर श्रेष्ठले रु. ९ लाख ६२ हजारको  कोषका संरक्षक  तर्फबाट हस्तान्तरण गर्नु भएको हो । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर कार्की, विद्यालयका प्रधानाध्यपक डा. इन्द्रमोहन झा,  शिक्षक अभिभावक संघका अध्यक्ष राजेन्द्र किरातीले सयुक्त रुपमा ग्रहण गर्नु भएको छ । 

पब्लिक हाईस्कूलमा अध्ययन गरी २०१३ सालमा एसएलसी दिएका स्व. प्रेम चन्द्र गिरीको स्मृतिमा उहाँको मृत्यू पछि सहपाठी तथा साथीहरुबाट संकलन गरेको रकम बैकमा मुद्दती खातामा जम्मा गरिएको र उक्त रकम साँवा ब्याज गरी उक्त धनराशि हुनपुगेको कोषका संरक्षक श्रेष्ठले जानकारी गराउनु भएको थियो । 

उक्त रकम जुटाउनेहरुप्रति पब्लिक हाइस्कुल सदैव सम्मान गर्ने र रकमको सही सदुपयोग गरिने अध्यक्ष कार्कीले प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।  सबैकाे साथ र सहयाेगले नै विद्यालयकाे सर्वाङणी  विकास सम्भव हुने प्रअ  इन्द्रमाेहन झाले बताउनु भयाे 

हस्तान्तरण कार्यक्रममा विद्यालयका सहायक प्रअ लेखनाथ भट्टराई, विज्ञान तथा इन्जीनियरिङ विभागमा इन्चार्ज मोहन श्रेष्ठ र लेखापाल कमलप्रसाद खतिवडा, शिक्षक, विद्यार्थीलगायतको उपस्थिति रहेको थियो ।