धरान । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले धरानको पुरानो एमालेको विरासत फर्काउन सबै एक भएर लाग्नुपर्ने बताउनु भएको छ । 

शनिबार नेकपा एमाले धरान उपमहानगर कमिटीले आयोजना गरेको प्रशिक्षण तथा विस्तारितलाई सम्बोधन गदैं प्रमुख अतिथि पाण्डेले चुनावमा पराजित हुनुको कारण पार्टीले गंभीर रुपमा लिएर पार्टीको विरासत फर्काउनको लागि पार्टी नेतृत्व र कार्यकर्ता आफैं लाग्नु पर्ने बताउनुभएको छ । 

नेता पाण्डेले चुनाब पराजित हुनुको कारण ३ वटा हुन सक्ने कार्यकर्ता माझ प्रस्टाउँदै अरुले गठवन्धन गर्दा, हाम्रो अवस्था खस्किएर अथवा आफैले भोट नदिएर यी ३ कुराको साङगो पाङ्गो समिक्षा गरेर अघि बढ्न सुझाउनु भएको छ । 

कार्यक्रममा विशिष्ट अतिथी एमालको केन्द्रीय सदस्य एवम् धरान नगर इन्चार्ज जगदिस कुसियतले मिसन ग्रासरुटको उपलब्धीको समीक्षाबाट मिसन ८४ लक्ष्य पार्टीले एकल बहुमतका साथ विजयी गराउने मूल उद्धेश्य रहेको वताउँदै सोही अनुरुप अहिले देखि नै काम गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको थियो । 

कार्यक्रममा केन्द्रीय सदस्य तथा धरान उपमहानगरकी पूर्व उपमेयर मन्जु भण्डारीले पार्टीमा जिम्मेवारी लिन होडबाजी हुने गर्ने र जिम्मेवारी लिए पछि काम नगर्ने प्रवृतिले पार्टी चलायमान हुन नसकेको बताउनु भयो ।  पार्टीको शक्तिको क्षयीकरण प्रति हामी सबै जिम्मेवार हुनुपर्ने उहाँको सन्देश थियो । 

हाम्रो पार्टीमा कही कमजोर छ भने आफै भित्र रहेको छ भन्ने केन्द्रीय कमिटीको निष्कर्ष रहेको छ ।पार्टीपङ्क्ति ठीक ढङले चलेको छ कि छैन, केन्द्रीय कमिटीको निर्देशन प्रदेश कमिटीले पालना गरेको छ कि छैन । प्रदेशको निर्देशन जिल्ला कमिटीले पालना गरेको छ कि छैन । यसमा ध्यान दिनु पर्छ । उहाँले भन्नुभयो । 


विस्तारित बैठकमा कोशी प्रदेश सभा सदस्य तथा एमालेका प्रदेश कमिटी सदस्य समेत रहेका विजयकुमार राईले धरानमा एमाले पहिलो सङ्गठन भएर पनि प्रमुख पदमा पराजय भएको विषय समीक्षा गर्नु पर्ने बताउनु भयो । दई पटक प्रमुख पद गुमाएको बताउँदै उुहाँले मिसन ८४ मा जित सुनिश्चित गर्न सबैको सहकार्य जरुरी भएको बताउनु भयो । 

कार्यक्रममा नेकपा एमाले धरानका उपाध्यक्ष पारस काङ्माङ राईले राजनीतिक, साङ्गठनिक प्रशिक्षण प्रतिवेदन र आगामी कार्ययोजना तथा कार्यभार विषयक प्रतिवेदन प्रस्तुत गर्नु भयो । आर्थिक विभाग प्रमुख शिवराज श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।  कार्यक्रममा पार्टीका प्रदेश तथा जिल्ला र नगर स्तरका नेता तथा कार्यकर्ताको सहभागितामा रहेको नेकपा एमाले धरान नगर अध्यक्ष हर्कजङ्ग एभेङले जानकारी दिनु भयो । कार्यक्रमको अध्यक्षता नगर अध्यक्ष एभेङले गर्नु भएको थियो । 

दुई अग्रज नेता सम्मानित 

कार्यक्रममा अग्रज नेता वंशी मोक्तान, र इन्द्रबहादुर राईलाई सम्मान गरिएको थियो । नेकपा एमालेले लामो सयमदेखि अभिछिन्न योगदान दिएको भन्दैं उहाँहरुलाई दोसाल्ला ओढाएर सम्मान गरिएको हो ।