• प्रचार उपसमितिले काम थाल्याे

धरान । नेकपा एमाले सुनसरी जिल्लाको आठौं  अधिवेशन यही जेठ ५, ६ र ७ गते इटहरी ५ पचरुखीस्थित लाइन्स क्लवको सभाहलमा हुने भएकाे छ । 

अन्य जिल्लाहरूकाे अधिवेशन  भइसकेता पनि सुनसरी र माेरङकाे मिति ताेक्न बाँकी थियाे ।

मिति ताेकिएर विभिन्न उपसमितिहरू बने पछि प्रचार प्रसार उपसमितिले आफ्नाे काम सुरू गरेकाे छ ।

 आठौं जिल्ला अधिवेशनको प्रचारप्रसार स्थानीय भाषामा गरिने निर्णय भएकाे प्रचार प्रसार उपसमितिका संयाेजक रवि खनालले जानकारी दिनु भयाे ।

प्रचारप्रसार उपसमितिको बिहीबार बसेको बैठकले  डिजिटल मिडियामार्फत गरिने अधिवेशनको प्रचार प्रसारमा स्थानीय भाषाको प्रयोग गर्ने निर्णय भएको उहाँले जानकारी दिनु भयाे ।

उहाँका अनुसार जिल्ला अधिवेशनको प्रचारप्रसार मैथली, थारु, राई वान्तवा, लिम्बू, नेवारी, तामाङलगायत नेपाली भाषामा गरिने भएकाे छ ।  

जिल्ला नेतृत्व चयनका लागि प्रतिनिधि छनौटका लागि  बैशाख २८ गते धरान, इटहरी, कोशी र हरीनगरका लागि निर्धारण गरेको छ ।  बैशाख २९ गते इनरुवा, दुहवी, रामधुनी र बराहक्षेत्रबाट प्रतिनिधि छनोट गरिने  भएकाे छ । यस्तै  बैशाख ३० गते भोक्राहानरसिंह, गढी, वर्जु र देवानगञ्जका प्रतिनिधि छनोट हुने छन् ।