इलाम /  इलाम–२ मा भएको उपनिर्वाचन अन्तर्गत फाकफोकथुम, चुलाचुली,माङ्सेबुङ, माई नगरपालिका वडा नं. ६, ७ र ८ र देउमाई नगरपालिकाकाे १ र २ नं. वडा गन्दा एमालेका सुहाङ नेम्वाङले मतान्तर फराकिलाे बनाउनु भएकाे छ । उहाँले ५३०२ मतकाे अग्ता लिनु भएकाे छ ।

 मतगणनाअनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङले  १४६१३ मत प्राप्त गर्नु भएको छ । नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले ९३११ मत प्राप्त गर्नु भएको छ । 

त्यसैगरी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ८५७०  मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले २०५६ मत प्राप्त गर्नु भएको छ । 

शनिबार भएको उपनिर्वाचनमा ६९ हजार दुई सय ८७ अर्थात् ५९ दशमलव ७९ प्रतिशत मत खसेको थियो। सो क्षेत्रमा एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेका थिए । मत गण्ना कार्य जारी रहेको छ । इलाम २ मा छ वटा पालिका पर्छन् ।