इलाम /  इलाम–२ मा भएको उपनिर्वाचन अन्तर्गत फाकफोकथुम गाउँपालिका–१ देखि ६ सम्म गणना गर्दा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता लिनुभएको छ । 

 मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले २७८२ मत प्राप्त गर्नु भएको छ ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङले  ३७८३ मत प्राप्त गर्नु भएको छ । १००१ मतले एमाले अगाडी छ । 

त्यसैगरी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ७८४  मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले ५६१ मत प्राप्त गर्नु भएको छ । 

शनिबार भएको उपनिर्वाचनमा ६९ हजार दुई सय ८७ अर्थात् ५९ दशमलव ७९ प्रतिशत मत खसेको थियो। सो क्षेत्रमा एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेका थिए । मत गण्ना कार्य जारी रहेको छ । इलाम २ मा छ वटा पालिका पर्छन् ।