धरान  / जेष्ठ नागरिकलाई मनोरञ्जन तथा धार्मिक प्राकृति एंव सांस्कृति पहिचानबारे जानकारी गराउने उद्देश्यले मनमोहन स्मृति प्रतिष्ठान काठमाडौले देश भरका ४९ जना जेष्ठ नागरिकलाई देश दर्शन यात्रा गराएको छ । 

प्रतिष्ठानका सत्यनारायण चौधरीको संयोजकत्वमा ६ दिन अघि जेष्ठ नागरिकहरु देश यात्रामा निस्किएका हुन । चौधरीका अनुसार काठमाडौबाट निस्कििएको टोली  देवघाट, जनकपुर, बर्दिवासको धनुुषधाम, चितवन, धरानको विजयपुर गढी, बराहक्षेत्र, रामधुनीलगायतको क्षेत्रको अध्ययन अवलोकन गर्नु भएको छ । भ्रमण टोलीलाई पूर्व राष्ट्रपति विद्यादेवि भण्डारीले माला लगाएर विदाई गर्नु भएको थियो । 

सास्कृति पहिचान तथा धार्मिम पर्यटन प्रवद्धनका लागि भ्रमणको आयोजना गरिएको संयोजक चौधरीले जानकारी दिनुभयो । सोमबार भ्रमण टुंगिने उहाँले जानकारी दिनुभयो । भ्रमण्का क्रममा त्यस स्थानका अगुवा, सामाजिक संघ संस्था, पार्टीलगायतसँग छलफल गर्ने गरेको भ्रमण टोलीका सहभागी धरान ६ का कर्णबहादुर कार्कीे जानकारी दिनु भयो । 

उहाँहरुले आइतबार चतराधाम पुगी कुम्भ स्थाननसमेत गर्नु भएको छ । शनिवार साँझ धरानमा नेकपा एमाले धरान उपमहानगर कमिटीको संयोजनमा सुनसरी क्षेत्र नं. १(२)का सांसद विजय राई, धरान उपमहानगरपालिका वडा नं. १५ का वडाध्यक्ष नरेस इवारामलगायतले सुद्राक्षको माला लगाएर स्वागत गर्नु भएको थियो ।