धरान । धरानकाे सर्वाेपरी हितका लागि धरान थातथलाे भई काठमाण्डौमा बसाेवास गर्नेहरूकाे संस्था धरान सरोकार समाजको अध्यक्षमा नेपाल सरकारका पूर्व सचिव चन्द्र घिमिरे निर्वाचित हुनु भएकाे छ ।

आज काठमाण्डौस्थित प्रज्ञा कुञ्ज स्कूलमा भएको साधारण सभाले उहाँको अध्यक्षतामा ११ सदस्यीय कार्यसमितिको चयन गरेको छ । समितिको उपाध्यक्षमा लामो समय शहरी विकास विभागमा काम गरी निवृत्त भएका डा. महेन्द्र सुब्बा निर्वाचित हुनु भएकाे छ । त्यसैगरि महासचिवमा नाट्यकर्मी महासंघका केन्द्रीय अध्यक्ष राजेन्द्र रिमाल, सचिवमा नारायण कार्की, कोषाध्यक्षमा डा. गणेश प्रसाद आचार्य निर्वाचित हुनु भएकाे छ ।
सदस्यहरुमा राजेन्द्रकुमार अग्रवाल, सीता न्यौपाने पाठक, सूर्य राई, भीम ज्वाला राई, सन्दीप भण्डारी र शुभेच्छा अधिकारी श्रेष्ठ निर्वाचित हुनु भएकाे छ । 

समितिका नारायण कार्की शिक्षण र यातायात व्यवसाय क्षेत्रका हुन् भने कोषाध्यक्ष डा. गणेश प्रसाद आचार्य विभिन्न अन्तराष्ट्रिय गैससमा करीब ३० वर्ष सेवारत रहेर निवृत्त भएका हुन् । त्यस्तै राजेन्द्र अग्रवाल व्यवसायी, सीता पाठक वरिष्ठ सौन्दर्यकर्मी, सूर्य राई मेटलाईफ ईन्स्युरेन्सका प्रमुख, भीम ज्वाला राई नेपाल मजदुर संगठनका केन्द्रीय अध्यक्ष, सन्दीप भण्डारी भर्खरै निवृत्त भएका नेपाल प्रहरीका एआईजी हुन् भने शुभेच्छा अधिकारी व्यवसायी हुन ।
उदघाटन समारोहमा प्रमुख अतिथि पूर्व मन्त्री तथा धरानका प्रतिनिधि सभा सदस्य अशोककुमार राई रहनु भएकाे थियाे ।
यस अघि प्रभु श्रेष्ठ अध्यक्ष  हुनु हुन्थ्याे । उहाँकाे निधन पछि अधिवेशन गरिएकाे हाे । कार्यक्रममा अधिकारकर्मी सरू जाेशीले स्व. प्रभु श्रेष्टले गरेकाे याेगदानबारे चर्चा गर्नु भएकाे थियाे ।