काठमाडाै । धरानले वर्षौँदेखि झेलिरहेको खानेपानी समस्यालाई दिर्घकालीन समाधानका लागि खानेपानी मन्त्री राजेन्द्रकुमार राईसंग जनप्रतिनिधि तथा नेकपा (एमाले) नेतृत्वले सघन छलफल गरेकोछ । 

छलफलमा धरान खानेपानी योजनाका लागि आगामी योजना २०८१/०८२ मा एडिविको सहयोगमा काम प्रारम्भ हुने भएकोछ । 

उक्त योजनाले समेट्न नसक्ने योजनाहरू जस्तै ठिंगाबारी खानेपानी धरान ५,  पानबारी खानेपानी धरान ६, शिवधारा खानेपानी धरान १३, ढाडे तेलनपुर खानेपानी धरान ४, देउराली खानेपानी धरान ५,  पटनाली खानेपानी धरान १७ लाई समेत प्राथमिकतामा राख्नेगरी मन्त्री राईसंग छलफल भएको प्रदेश सभा सदस्य रमेश बस्नेतले जानकारी दिनु भयाे ।

मन्त्री राईसंगको छलफलमा कोशी प्रदेशसभा सदस्य विजयकुमार राई, कोशी प्रदेशसभा सदस्य रमेशकुमार बस्नेत, नेकपा (एमाले) कोशी प्रदेश सचिव राजकुमार भण्डारी, प्रतिनिधिसभा पूर्व सदस्य जयकुमार राई, नेकपा (एमाले) कोशी प्रदेश सदस्य भीमज्वाला राई, धरान १३ वडा अध्यक्ष नेत्र काफ्ले, नेकपा (एमाले) सुनसरी सदस्य अनिल राजधामी, राष्ट्रिय युवा संघ नेपाल कोशी प्रदेश सदस्य सिजन राजधामी लगायत सहभागिता रहेको थियो ।