धरान ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले हिन्दू राष्ट्र स्थापनार्थ कोशी नदीमा कौशिकी पूजन र महाकुम्भ स्नान गर्नु भएकाे छ । 

व्राह्मणवरणसहित जगदगुरु बालसन्तसँगै अध्यक्ष लिङ्देनले रामनवमीका अवसरमा कोशी नदीमा पूजा अर्चना गर्दै महाकुम्भ स्नान गर्नु   भयाे ।
कौशिकी पूजनका क्रममा पण्डितहरुले मन्त्रद्वारा हिन्दूराष्ट्र घोषणासमेत गरेका  थिए । 
एक महिनासम्म लाग्ने बाह्रबर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेलाका अवसरमा आयोजित श्रीहनुमद कथा वाचनका लागि भारतीय प्रसिद्ध सन्त धिरेन्द्रकृष्ण शास्त्री (बागेश्वर धाम सरकार) सुनसरीको वराहक्षेत्रस्थित चतराधाम आजै आउनुहुदैछ  ।
१७ अप्रिल अर्थात वैशाख ५ गतेदेखि २१ अप्रिल वैशाख ९ गतेसम्म बागेश्वर धाम सरकारको कार्यक्रम आयोजना हुनेछ । पहिलो दिन शोभा यात्रा हुनेछ । १९ अप्रिलमा सन्तसम्मेलन र २० अप्रिलमा आध्यात्मिक समाधान सत्र हुने शास्त्रीले उल्लेख गरेका छन् । सो अवधिमा ५ दिन हनुमन्त कथासमेत शास्त्रीले प्रस्तुत गर्नेछन् । उहाँले नेपालमा हिन्दु राष्ट्र कायम गरनउनका लागि अभियानमा आएकाे बताउदै आउनु भएकाे छ ।