धरान  / लायन्स क्लव अफ धरान विजयपुरका पर्व अध्यक्ष तथा डिस्ट्रिक सिनियर एड्भाइजर लायन्स जगतवहादुर गुरुङ्गले धरान १७ स्थ्ति श्री माध्यमिक विद्यालयलाई १२ थान पंखा सहयोग गर्नु भएको छ । 

   गुरुङ्गले आफ्नो दिवंगत श्रीमति प्रेमकुमारी गुरुङ्गको स्मृतिमा मंगलवार विद्यालयमा नै पुगेर पंखा  हस्तान्तरण गर्नु भएको हो । करिव २५ हजार रुपैया वरावरको सहयोग सामग्री जगतवहादुर गुरुङ्ग, उहाँको छोरी लायन्स लिडर रेखा गुरुङ्ग र निवर्तमान  डिस्ट्रिक गभर्नर लायन्स धिरज गुरुङ्गले विद्यालय व्यवस्थापन समिति अध्यक्ष मदन राईलाई हस्तान्तरण गर्नु भएको थियो । हरेक वर्ष आप्mनो श्रीमतीको नाममा सामाजिक कार्य गर्दै आउनुभएका यो बर्ष  विद्यालयलाई सहयोग गर्नु भएको छ । उहाँ हाल युकेमा बस्दैं आउनु भएको छ । 

   धरान १७ क्षितिज टोल स्थित श्री माविमा नर्सरी देखि कक्षा १० सम्म संचालन रहेको छ । केहि दिन अघि लायन्स क्लवले विद्यालयका विद्यार्थीहरुलाई एक हजार थान कापि र कलम समेत हस्तान्तरण गरेको थियो ।