धरान  / प्रहरी अतिरिक्त महानिरीक्षकद्वय मीरा चौधरी र सन्दीप भण्डारीको यसै सात अवकाशमा जानुहुदैं छ । भण्डारी बुधबार र चौधरी वैशाख ६ बाट अवकाशमा जान लाग्नु भएको हो । 

उहाँहरुको अवकाससँगै नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक(एआईजी) पदमा दुइजना डिआइजीको बढुवा सोमबार सिफारिस भएको छ । गृह मन्त्रालयको बढुवा समितिको निर्णय अनुसार प्रहरी प्रधान कार्यालयमा प्रवक्ताको जिम्मेवारीमा रहनुभएका भीमप्रसाद ढकाल र प्रहरी एकेडेमीका उमेश राज जोशीको बढुवा सिफारिस भएको हो । 

प्रहरी संगठनमा राम्रो छवि बनाएका ढकाल र जोशीको बढुवा सिफारिसले संगठनमा उत्साह थपेको छ । पहिलो नं. मा जोशी र दोश्रो नं मा ढकाल सिफारिस हुनु भएको समितिले जनाएको छ । कोशी प्रदेशको कमाण्ड कुसलतापूर्वक सम्हाली सक्नुभएका प्रहरी संगठनकै अब्बल डिआईजी ढकाल अनुसन्धान र प्रशासन संचालनमा निपूर्ण मानिन्छन् । भोजपुरमा जन्मनु भएका ढकाल हाल प्रहरी प्रवक्ताका रुपमा काम गरिरहनु भएको छ ।