धरान  / धरान १४ मा रहेको आइडियल इङ्लिस बोर्डिङ स्कुलले शैनिक परिवारका छाेराछाेरीहरुलाई छात्रवृत्ति दिने भएको छ । 

नेपाली सेना कल्याणकारी कोष र विद्यालयको सहकार्यमा कक्षा ४ देखि कक्षा ९ सम्मका  ९० जना विद्यार्थीहरुलाई पूर्ण छात्रवृत्ति दिन लागेको हो । 

छात्रवृत्तिका लागि अघिल्लो कक्षामा न्युनतम ५० प्रतिशत र ल्याएको हुनुपर्ने र विद्यालयले लिएको प्रवेश परीक्षामा उर्तीर्ण हुनु पर्ने प्रावधान रहेको विद्यालयका निर्देशक सागर खड्काले जानकारी दिनु भयो ।  

शैक्षिक सहयोग र सहकार्यको भावनाले शैनिक परिवारका बालबालिकालाई सम्बन्धित व्यारेको सिफारिसमा निशुल्क पढ्ने व्यवस्था मिलाइएको विद्यालयका सहायक प्रधानाध्यापक मनोज गुरुङले जानकारी दिनुभयो ।