इटहरी । इटहरी ७ मा एसइई परीक्षा दिएका विद्यार्थीहरुलाई उत्प्रेरणा प्रदान गरिएको छ । परिवर्तन एक अभियान नामक सस्थाले मोटिभेसन कार्यक्रम गरेको हो । इटहरी ७ स्थित एस.ओ.एस बालग्राम, लक्ष्मी माध्यमिक विद्यालय  र सेक्रेटहार्ट बोर्डिङ स्कुल इटहरीमा अध्यनरत एसईई दिएर बसेका १ सय बढी विद्यार्थीहरूलाई मोटिवेसनल कार्यक्रम गरिएको हो । 

कार्यक्रममा नेपाल टेलिभिजन इटहरी च्यानल प्रमुख डा. राजेन्द्रराज तिम्सिना र सप्तकोशी एफएम इटहरीका प्रधान सम्पादक लिलाराज भट्टराईले विद्यार्थीहरूलाई प्रशिक्षण दिनुभयो । 

एसइई दिएर बसेका विद्यार्थीहरूका लागि कार्यक्रम अत्यन्तै उपयोगी बनेको  परिवर्तन एक अभियान इटहरी ७ का अध्यक्ष तेजप्रसाद घिमिरेले बताउनुभयो । कार्यक्रमबाट बिद्यार्थीहरु उत्साहित बनेको वडा नम्बर ७ का वडा सदस्य दीपक घिमिरेको भनाई छ । कार्यक्रम इटहरी वडा नम्बर ७ का अध्यक्ष देबनारायण  चौधरीको प्रमुख आतिथ्यतामा भएको हो