धरान / सुनसरीको वराहक्षेत्र नगरपालिका-१ स्थित चतरामा आज (मंगलबार) देखि एक महिनासम्म पूर्ण पिण्डेश्वर महाकुम्भ मेला सुरु भएकाे छ ।

मेलाको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्दै हुनुहुन्छ । बाह्र वर्षमा एक पटक लाग्ने पूर्ण महाकुम्भलाई भव्य बनाउनआयाेजकले सबै तयारी पूरा गरेकाे छ ।

एक महिनामा करिब ३० लाख आन्तरिक तथा वाह्य धार्मिक पर्यटकले दर्शन गर्ने आयोजकको अपेक्षा छ । सोही अनुरूप सुरक्षादेखि सम्पूर्ण व्यवस्थापन गरिएको बताइएको छ ।कुम्भमेलामा आउने दर्शनार्थीहरू धरानस्थित पिण्डेश्वर

मन्दिरमा समेत आउने भएकाले धरानमा पनि समिति गठन गरेर सुरक्षा तथा ट्राफिक व्यवस्थान गरिएको छ । महाकुम्भ मेलाको अवसरमा सोमबार मूल आयोजक समितिले कलश यात्रा निकालेको छ ।