विराटनगर । नेकपा स्थायी कमिटी सदस्य तथा नेकपा एमाले काेशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले अब चाढै एमाले र माआेवादीकाे नेतृत्वमा सरकारमा दावी पेस गरिने बताउनु भएकाे छ ।

प्रेस चाैतारी नेपाल काेशी प्रदेश सल्लाहकार समितिले विराटनगरमन विहीबार आयाेजना गरेकाे कार्यक्रममा बाेल्दैं अर्काे सरकार बन्ने विकल्प रहुनजेल संसद विघटन नहुने दावी गर्नु भएकाे छ । उहाँले संविधानकाे धारा ५ वाट २ मा फर्किने उहाँकाे भनाई छ । 

सरकारमा एमाले माआेवादीले सरकारमा दावी गरे पछि वर्तमान मुख्यमन्त्रीले विश्वासकाे मत लिने बहानामा एक महिना सरकार लम्वाउन सक्ने पूर्व मुख्यमन्त्रीसमेत रहनु भएका नेता कार्कीले बताउनु भएकाे छ ।

उहाँले काेशी प्रदेशमा माआेवादीले दाेहाेराे चरित्र देखाएका कारण सरकार फेरवदनमा ढिलाई भएकाे कार्कीले प्रष्ट पार्नु भएकाे छ ।