सिलिगुडी  । सकुन्तला राई प्रकाशन सिलिगुडीको आयोजनामा आज अर्जुन शर्मा निरौलाको कविता सङ्ग्रह आस्थाको तप्काना नामक कृति एक भव्य साहित्यिक कार्यक्रमका विच विमोचित  गरिएकाे छ । फाराबारी नेपाली बस्ती सिलगडीको बराल बगैँचामा सम्पन्न उक्त कार्यक्रममा नेपाली साहित्यका लब्धप्रतिष्ठित व्यक्तित्वहरूको जमघट रहेको थियो । 

भारतीय नेपाली साहित्यका विशिष्ट साहित्यकार तथा अनुवादक डा. गोकुल सिन्हाको अध्यक्षतामा रहेको सो कार्यक्रममा विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिका अध्यक्ष सुरेन्द्र लिम्बू परदेशी प्रमुख आतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो । प्रकाशनकी सचिव देविका मंग्राती राईको सञ्चालन रहेको कार्यक्रममा मीना लामा राईको स्वागत गर्नु भएकाे  थियो ।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा वरिष्ठ साहित्यकारहरू युवराज काफ्ले, ज्ञानेन्द्र खतिवडा, मोहन ठकुरी, डा. जीवन राणा, प्रा.डा. कृष्णराज घतानी, ग्याल्पो लामा, डा साङ्मु लेप्चा, शीला लामा, रश्मी राई हुनुहुन्थ्यो । त्यसैगरी जीतबहादुर सुनार, जय क्याक्टस, मणिकुमार प्रधान, मीलन रूचाल, हरी अधिकारी, गीताश्री शर्मा, जीनर घतानी, दीप प्रधान, सरद छेत्री, गणेश प्रधान, राहुल राई बोगिको आदि हुनुहुन्थ्यो । कार्यक्रममा पुस्तकको समिक्षा साथै सृजना वाचन पनि भएको थियो । सृजना वाचन गर्नेहरूमा सरोजनी देवान, सरोजा बान्तावा, निरा सुब्बा नेचाली, तारा छेत्री, कमला तामाङ, लुइस बिष्ट, मोहन गौतम, अनिल विद्रोही आदिले सुन्दर रचनाहरू सुनाउनु भएको थियो ।

१५० भन्दा बढिको उपस्थिति रहेको उक्त कार्यक्रममा सकुन्तला राई प्रकाशनको तर्फबाट सुरेन्द्र लिम्बू परदेशी र डा गोकुल सिन्हा दुई जनालाई सम्मान समर्पण गरिएको थियो । त्यसैगरी प्रमुख अतिथिको बाहुलीबाट विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको "कृष्णप्रकाश श्रेष्ठ स्मृति अनुवाद सम्मान" वरिष्ठ साहित्यकार तथा अनुवादक डा गोकुल सिन्हलाई हस्तान्तरण पनि गरिएको थियो । 

received_377798078427432