धरान । नेपाल मुस्लिम इत्तेहाद संगठन धरानले रमजानकाे २० आैं दिनमा आइतबार रमजान मुवारक बृहत् इफ्तार कार्यक्रमकाे आयाेजना गरेकाे छ ।

नेकपा एमाले स्यायी कमिटी सदस्य तथा काेशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राईकाे प्रमुख आतिथ्यतामा कार्यक्रममा सम्पन्न भएकाे थियाे । सुनसरी इञ्चार्ज समेत रहनु भएका नेता राईले  नेकपा एमालेले सबै जात धर्मलाई उतिकै प्राथमिकता दिदै आएकाे बताउनु भएकाे छ । सबैकाे ध्यान एमालेमा केन्द्रित छ । मुलुककाे सर्वाेपरि हित एमालेले मात्र गर्ने उहाँले दावी गर्नु भयाे ।  धरानमा मुस्लिम बालबालिकाकाे शिक्षाका लागि मदरासा बनाउन  प्रदेश सांसदसँगकाे सहकार्यमा आफुले सक्दाे सहयाेग गर्ने बताउनु भएकाे छ । 

नेपाल मुस्लिम इत्तेहाद संगठन केन्द्रीय परिषद सदस्य डा. खालिद हुसेन हकले रमजानबारे अवगत गराउनु भयाे ।उहाँले इस्लामकाे पाँच कर्तव्यबारे चर्चा गर्नु भयाे ।

इस्लामिकहरूले आफ्नाे आयकाे २ प्रतिशत गरिव दुखीलाई दान गर्ने उहाँले बताउनु भयाे ।

जनआन्दाेलन पछि धर्मनिरपेक्ष भए पनि मुस्लिमकाे समस्या नभएकाे उहाँले बताउनु भयाे । मुस्लिमलाई स्वास्थ्य र शिक्षामा पहुँच आवश्यक भएकाे उहाँले ध्यानाकर्षण गराउनु भयाे ।

नेकपा एमाले धरान उपमहानगर कमिटीका अध्यक्ष हर्कजंङ एभेङले स्थानीय तहका नेतृत्वले मुस्लिमकाे समस्या तिर ध्यान पुर्याउन सकेकाे छैन । सुम्निमा पारूहाङ प्रतिमा बनाउने नाममा आफ्ना समर्थकहरूलाई प्लटिङ गर्न थालेकाे बताउनु भयाे । स्थानीय सरकार नीतिगत भ्रष्टचारमा लिप्त भएकाे आराेप लगाउनु भयाे ।

कार्यक्रममा प्रदेश सभा सदस्य रमेशकुमार बस्नेत, विजयकुमार राई, पूर्व संघीय सांसद जयकुमार राईलगायतका नेताहरूकाे उपस्थिति रहेकाे थियाे ।

महमद सागिरकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे स्वागत नेपाल मुस्लिम इत्तेहाद संगठनका सहइञ्चार्ज फिराेज अलिले गर्नु भयाे भने संचालन सचिव महमद महेश्वर अन्सारीले गर्नु भएकाे थियाे । साेही अवसरमा नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा संगठनका सहइञ्चार्जसमेत रहनु भएका फिराेज अलिलाई सम्मान समेत गरिएकाे थियाे ।

मुस्लिम समुदाय एक महिनासम्म व्रत बस्ने गर्छन् । इद सम्पन्न हुन अब १० दिन बाँकी छ ।

 20240331_175732