धरान । गुराँसको फेदमुनि सम्झनाको छायाँ जस्ता चर्चित गीतका सर्जक नवराम राईको उपचारका लागि युवा व्यवसायी भूवन याक्खाले ३० हजार सहयोग गर्नु भएकाे छ ।  दुइवटै मृगौलाले काम गर्न छाडेपछि थलिएका गायक संगीतकार र गीतकार राईको उपचारमा आर्थिक अभाव भएपछि वहाँलाई युवा नेता, व्यवसायी तथा सर्ट  मुभि "निको नहुने रोग"का निर्माता तथा अभिनेता याक्खाले सहयोग गर्नुभएको हो । केही समय अघि च्यारिटी सो मार्फत प्रदर्शित "निको नहुने रोग" प्रदर्शन उठेको रकम बाट आर्थिक सहयोग गरेकाे उहाँले बताउनु भयाे ।

कोशी प्रदेश सभा सदस्य विजयकुमार राई, धरान वडा नम्बर १८ का अध्यक्ष प्रविण राई, सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदी, अग्रज पत्रकार तथा मजदुर नेता भीमज्वाला राई, नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनक ऋषि राई, उसु खेलका प्रशिक्षक राजेन्द्र राई सहितको उपस्थितिमा याक्खाले नवराम राईलाई नगद हस्तान्तरण गर्नुभएको हो । धरान ११ रिटिङका स्थायीवासी राई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेकाछन् । हप्ताको दुई पटक डाइलाइसिस गर्दै आइरहेका राईको मृगौलामा पथरिया (स्टोन) समेत देखा परेकोछ । 