धरान  /  आफ्ना निर्वाचन क्षेत्रका जनताका गुनासो सुन्ने, सुझाव लिन सजिलो होस भनेर सुनसरी क्षेत्र नं. १ अन्तर्गत प्रदेश सभा सदस्यहरुले सम्पर्क कार्यालय स्थापना गरेका छन् । 

प्रदेश सभा सदस्य रमेशकुमार बस्नेत, विजय राई र यसोदा कायस्थले शनिवार धरान ७ स्थित सम्पर्क कार्यालय स्थापना गर्नु भएको हो ।  कार्यलयको उद्घाटन संसवधन सभाका सदस्य तथा पूवृ धरानका नगरप्रमुख कृष्णकुमार राईले गर्नु भएको थियो ।  सुनसरी १ का जनतालाई भेटघाट गर्न तथा विकास निर्माण र सामाजिक काममा अग्रसर हुन सजिलोको लागि कार्यालय स्थापना गरिएको सांसद विजयकुमार राईले जानकारी दिनुभयो । 

कार्यलय उद्घाटन कार्यक्रममा संविधान सभाका सदस्य किरणकुमार राई, मीना सुब्बा, प्रदेश सभाका संस्थापक सभामुख प्रदीपकुमार भण्डारी ,प्रतिनिधिसभाका पूर्व सांसद  जयकुमार राई र प्रदेश सभाका पूर्व सदस्यहरु चन्द्रप्रसाद श्रेष्ठ ,सावित्री जोशी र उमिता बराइली, धरान उमनपाका पर्व मेयरहरु तिलक राई र मनोजकुमार मेयाङ्बो ,राजनीतिक दलका प्रदेश जिल्ला  तथा स्थानीय नेताहरुू,  वडाध्यक्ष तथा कार्यपालिकाका सदस्यहरु ,सुनसरी उवासंघका अध्यक्ष , नेपाल पत्रकार महासंघका सुनसरी जिल्ला अध्यक्षलगायतको उपस्थिति रहेको थियो । माननीयहरुलाई कार्यलयमा भेटन सकिने र नभएका बेला स्वकीय सचिवहरुले समन्वय गर्ने वातावरण मिलाइएको सांसद रमेश बस्नेतले जानकारी दिनु भयो ।  रमेश बस्नतेकाे अध्यक्षतामा आैपचारिक कार्यक्रमकाे आयाेजना गरिएकाे थियाे ।