धरान /  नेपाल रेडक्रस सोसाइटी सुनसरीको ४९औँ जिल्ला अधिवेशनले सभापति उमेश थापा सहित १७ सदस्यीय नयाँ जिल्ला कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । समितिमा पुरानै अनुहार दोहोरिएका छन् । 

रेडक्रस सोसाइटीको विधान अनुसार अघिल्लो कार्यसमितिको २ वर्षे कार्यकाल समाप्त भएपछि चैत १३ बाट सुरु भएको निर्वाचन प्रक्रिया शुक्रवार १६ गते निर्विरोध सम्पन्न भएको नेपाल रेडक्रस सोसाइटी प्रदेश अध्यक्ष नरेन्द्रप्रसाद पोखरेलले जानकारी दिनु भयो । 

नव निर्वाचित कार्यसमितिमा महिला उपसभापति सीमा बस्नेत (इटहरी), खुल्ला उपसभापति मुकुल कायस्थ (धरान), मन्त्री प्रकाश राई (धरान), कोषाध्यक्ष विष्णुदेव मण्डल (इनरुवा), उपमन्त्री कृष्णप्रसाद भट्टराई (इटहरी), उपकोषाध्यक्ष श्यामप्रसाद पोखरेल (रामधुनी) रहनु भएको छ । यि प्रायः दोहोरिएका पद हुन ।

कार्यसमिति सदस्यमा महिला उत्तरकुमारी शाक्य (धरान), वेणु काफ्ले (धरान), रमिता श्रेष्ठ(धरान), वासुदेव गौतम(धरान), रविनकुमार घिमिरे(वराहक्षेत्र), ईश्वर घिमिरे(रामधुनी), विमलकुमार शर्मा पौडेल (इटहरी), चन्द्रकुमार गिरी (इटहरी), कृष्णप्रसाद देव (हरिनगर) र शिवराज श्रेष्ठ(धरान) रहनु भएको छ ।