सुनसरी । इटहरीका सामुदायिक विद्यालयहरुले आफ्नो विद्यालय सुधार्न सुनसरीको इटहरीबाट हामी सुधार्र्छौं हाम्रो विद्यालय अभियानको सुरुवात गरेकाे छ ।

 विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकहरुले २५ बुँदे प्रतिबद्धता जनाउदैं विद्यालय सुधारको लागि१० वर्षे रणनीतिक योजना निर्माण गर्ने जनाएका छन् ।  स्थानीय भाषाको प्रबद्र्धन, कक्षा कोठाको रुपान्तरण गर्ने, विद्यार्थीलाई गृहकार्यका साथै परियोजना कार्यमा सहयोग गर्ने जस्ता रणनीती तय गरिने प्रतवद्धता जनाएका छन् ।

विद्यार्थी संख्या निरन्तर घटिरहेको र वर्षेनी बन्द हुने क्रम बढीरहेकोले सामुदायिक विद्यालय जोगाउनका लागि अविभावक आफै अघि बढ्नुपर्ने अवधारणाका साथ कार्यक्रम गरेको महासंघका केन्द्रिय अध्यक्ष गुणराज मोक्तानले बताउनु भयाे ।

सामुदायिक विद्यालय व्यस्थापन समिति महासंघ र नेपाल शिक्षक महासंघको संयुक्त पहलमा आयोजना गरिएको कार्यक्रममा सुनसरी भरीका पालिकाका सामुदायिक विद्यालयका प्रअ, अध्यक्ष, स्थानीय तह शिक्षा शाखा प्रमुखलगनयतकाे सहभागिता रहेको थियो । 

कार्यक्रममा सुनसरीका दुई उत्कृष्ठ सामुदायिक विद्यालयहरु पब्लिक उच्च मावि धरान र इटहरीस्थित जनता माविको प्रगतीबारे वृत्तचित्र प्रदर्शन गरिएको थियो । प्रदर्शनीपछि विद्यालय सुधारका विभिन्न पक्षका बारेमा छलफल भएकाे समेत थियो । 

छलफलमा विभिन्न विद्यालयका प्रतिनिधिहरुले आफूहरुले राज्यबाट पर्याप्त सहयोग नपाएकाे, भौतिक पुर्वाधार, शिक्षक दरबन्दी आदिकाे अभावबारे गुनासाे राखेका थिए।

कार्यक्रममा पूर्व शिक्षामन्त्री गिरीराजमणि पोख्रेल, संघीय संसदका शिक्षा समिति सभापति अम्बरबहादुर थापा, स्थानीय शासन विज्ञ सोमत घिमिरे, शिक्षा विद् प्राडा. विद्यानाथ कोइराला, महासंघका केन्द्रीय सचिव काशीनाथ दङ्गाललगायतले आफ्ना धारणा राख्नु भएकाे थियाे  । 

 विद्यालयलाई राजनीतिबाट टाढा राखी विद्यालय स्तरोन्नतीका लागि सबै जुट्नुपर्ने विद्यालय व्वस्थापन समिति महासंघ काेशी प्रदेश सचिव हरी कार्कीले जानकारी दिनु भयाे ।

कार्यक्रम केन्द्रीय अध्यक्ष गुणराज मुक्तानकाे अध्यक्षतामा भएकाे थियाे ।

IMG-20240325-WA0000

IMG-20240325-WA0001