धरान  । सुनसरीको धरानमा नेपाली सेनाका निवृत मेजर सहित ३ जना नेकपा एमालेमा  प्रवेश गर्नु भएकाे छ । शुक्रबार पार्टी वडा नम्बर १३ को नवौँ बैठकका अवसरमा सेनाका निवृत मेजर बलराम राई प्रवेश गर्नु भएकाे हाे ।

पार्टी प्रवेश गर्नेमा समाजसेवी रम्भादेवी रावल र पूर्व मेडिकल जमदार उदयकुमार श्रेष्ठ रहनु भएकाे छ  । नव प्रवेशीहरुलाई एमाले कोशी प्रदेश सदस्य भीमज्वाला राई, एमाले धरान नगर कमिटी अध्यक्ष अध्यक्ष हर्कजङ्ग एभेङले स्वागत गर्नु भएकाे थियाे ।

एमाले १३ नम्बर वडा कमिटीका अध्यक्ष दिवसप्यारा श्रेष्ठको अध्यक्षतामा भएको बैठक सम्पन्न भएकाे थियाे ।