धरान  धरान १६ की २१ बर्षीया सुमना श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा इलाका प्रहरी कार्यालय धरानले उहाँकै प्रेमी भनिएका बाबुराम भुजेल(सविन)लाई पक्राउ गरि शुक्रबार सार्वजनिक गरेको छ।

धरान १६ कै १९ बर्षीय भुजेलले सुमनाको हत्या गरेर धनकुटा जिल्लाको धनकुटा नगरपालिका वडा नं ९ स्थित मुलघाटमा लुकीछिपी रहेको अवस्थामा बिहिबार पक्राउ गरि आज सार्वजनिक गरेको हो । 

पक्राउ परेका भुजेललाई पनि सार्वजनिक गर्दै एसपी  रेग्मीले अनुसन्धानको लागि ७ दिनको म्याद थप गरिएको पनि जानकारी दिए । 

उनको साथबाट मृतक सुमनाले प्रयोग गर्ने मोवाइल पनि वरामद गरेको छ । सिम भने भुजेलले फुटाएर खोलामा बगाइदिएको वयान दिएका पत्रकार सम्मेलन गर्दे सुनसरी प्रहरी प्रमुख तथा एसपी विपिन  रेग्मीले जानकारी दिनु भयो । 

यसरी गरेका थिए सुमनाकाे हत्या

पक्राउ परेका भुजेलको प्रारम्भीक बयान अनुसार मृतक सुमना र बाबुरामबीच २ बर्षदेखि फेसबुकमार्फत प्रेम सम्बन्ध भएको थियो। । नियमित भेटघाट हुने गरेको थियो ।  तर, गत पुस महिनादेखि सुमना ग्लोबलओरियन्स धरानमा काम गर्न थालेपछि सोही कम्पनीमा काम गर्ने अर्का प्रदिप श्रेष्ठसँग चिनजान भएर नजिकिएको र उनीहरुले फेसबुक आइडी पनि एउटै चलाउने गरेकोले मनमा तुष जागेको थियो । अर्कै केटासँग नजिकिए पछि भुजेल तनावमा थिए । 

तनावमा रहेका बेला उनी चैत २ गतेदेखि बाबुराम काम गर्ने सिलसिलामा धनकुटाको मुलघाट बस्न थाले । उनीहरुको प्रेम सम्बन्धमा झनै खटपट भयो । उनले सम्झाउदैं आएका थिए । घटना भएको दिन चैत ६ गते बाबुराम सुमनालाई भेटन कै लागि र अर्को केटासँगको सम्बन्ध छाडन दवाव दिन  धरान आए । साँझदेखि नै बोलाएर स्कुटर सिकाउने बहानामा आफ्नै स्कुटरमा राखेर बाबुरामले सुमनालाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र डिपोट स्कुल विचको स्थानमा राती ९ बजे पुगेका थिए । जुन स्थान समनाको ज्यान लिएको घटना स्थल हो । उक्त स्थानमा आए पछि युवकले फेसबुक प्रयोगको बिषयमा विवाद निकाले । अगाडीको वार्तालाभ र संवाद अनुसार प्रदिपलाई माया गर्ने गरेको भने पछि ती युवक निरास थिए । उनले सुमनालाई कसैको पनि हुन दिन्न भन्ने मनमा लिइ सकेका थिए । ६ गते जव धरान आए योजना वमोजिम नै बाबुरामले साथमा खकुरी लिएर पुगेको अनुसन्धानमा खुलेको छ । फेसबुक आइडी प्रदिपसँग शेयर गरेर चलाएको विषय निकाले सुमनासँग विवाद गदैं गर्दा सुमनाको घाँटी रेटेर हत्या गरि खोल्सामा फालेको देखिएको एसपी  रेग्मीले पत्रकार सम्मेलनमा बताउनु भयो । 

हत्या गरिसकेक पछि बाबुराम राती नै स्कुटीमा मुलघाट पुगेका थिए । प्रहरीले उनलाई मुलघाटमा लुकेर बसेको अवस्थामा पक्राउ गरेर धरान ल्याएको थियो । 

बुधबार दिउँसो सुमनाको शव वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र डिपोट स्कुलको बीचमा रहेको खोल्सामा फेला परेको थियो । सुमनाको घाँटी रेटिएको अवस्थामा शव घोप्टो परेको थियो । एसपी  रेग्मीका अनुसार बाबुरामले नियोजितरुपमा नै सुमनाको हत्या गरेको अनुसन्धानबाट खुलेको बताउनु भयो ।