धरान /  धरानका चर्चित गायक नवराम राईको उपचारका लागि धरान १८ रत्न चौक निवासी हाल हङकङ वस्नु हुने अनिता सेनिहाङ लिम्वुको समुहवाट ३ लाख ७ हजार ९ सय रुपैया सहयोग गर्नु भएकाे छ  ।

सहयोग रकम धरान १८ न. वडाध्यक्ष नरेन्द्रकुमार राई, नेपाल पत्रकार महासंघ, सुनसरी अध्यक्ष जनकऋषि राई, अनिता सेनिहाङकि वहिनी गीता सेनिहाङ र धरान १८ रत्नचोक निवासी सानि राईले गायक राईकै घरमा पुगेर वुधवार हस्तान्तरण गर्नु भएकाे थियाे । सहयोग रकमको दुई लाख २४ हजार ९ सय रुपैया नवराम राईको खातामा हालिदिएकाे र  वाकि रकम ८३ हजार रुपैया भेेटेर हस्तान्तरण गरिएकाे हाे । 

 सहयोग रकम अनिता सेनिहाङले हङकङमा रहेका रत्नचोक निवासी, आफु काम गर्ने कम्पनीका सहकर्मीहरु र आफ्नो समुहका साथीहरुसँग संकलन गरि नेपाल पठाएको उहाँकी वहिनी गिता सेनिहाङले जानकारी दिनु भयाे ।

       गुरासको फेद मुनि, कालो कालो रातको, वोलु भने दन्तैमा मोहनी जस्ता लोकप्रिया  गितका गायक हुन नवराम राई । लामो समय धरान १७ रत्नचौक वसेका हाल राई ११ नं वडा स्थित रिटिङमा वस्दै आउनु भएकाे छ । राईको दुवै मृगौलामा समस्या देखिएको छ । उहाँ करिव दुई हप्ता विपि अस्पतालमा उपचार गराई हाल घरमै आराम गरि रहनु भएकाे छ । डाक्टरका अनुसार हप्तामा दुई पटक डायलासिस गर्न पर्ने भएको छ । राईलाई थप उपचारको लागि आर्थिक समस्या रहेको छ ।