धरान  /  धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा  हत्या गरेको अवस्थामा फेला परेकी २१ वर्षीया युवती सुमना श्रेष्ठको हत्यामा संलग्नलाई प्रहरीले धनकुटाबाट पक्राउ  गरेको छ । 

पक्राउ परेका भुजेल थरका ती युवकले सुमनाको हत्या गरेको स्वीकारेको एक प्रहरी अधिकृतले जानकारी दिनु भएको छ । सुमनाले आफूलाई धोका दिएका कारण हत्या गरेको ती पक्राउ परेका युुवकले बयान दिएका छन् । 

ती युवकलाई विहीबार प्रहरीले धनकुटाबाटअ नियन्त्रणमा लिएको थियो । ती युवती धरानकै एक कलेजमा कक्षा–१२ मा अध्ययनरत थिइन् । 

घाँटीमा धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको अवस्थामा भेटिएकी धरान १६, लोकतान्त्रिक मार्गकी सुमना श्रेष्ठ मंगलबार बेलुकी साथीको फोन आएको भन्दै घरबाट निस्किएकी बताइएको छ ।  

मृतकका परिवारजनका अनुसार करिब ५ बजेतिर फोन आएपछि सुमना साथी भेट्न भन्दै निस्केकी थिइन् । घरबाट हिडेपछि उनी नफर्केको र राती ९ बजे, ११ बजे म साथीकोमा भएको यतै बस्ने जनाएकी थिइन । 

प्रेममा खटपट भए पछि ती युवकले बोलाएर हत्या गरेको प्रारम्भीक अनुसन्धानमा खेलेको छ । आजै अदालतबाट म्याद थप गरि अनुसन्धान सुरु गरिने इलाका प्रहरी कार्यलय धरानले जनाएको छ ।