धरान  / सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ सुनसरी जिल्लाको सम्मेलन यही चैत्र १० गते इटहरीमा हुने भएको छ । 

शुक्रबार इटहरीमा रुद्रबहादुर बस्नेतको अध्यक्षतामा तयारी बैठक गरि सम्मेलनलाई परिणाममुखी बनाउने निर्णय गरेको छ । 

जिल्ला शिक्षा समन्वय समिति सुनसरीका खगेन्द्र सुवेदीको प्रमुख आतिथ्यतामा भएको बैठकले सम्मेलनमा सुनसरीमा भएका ३६१ वटा विद्यालयहरुलाई सहभागी गराउने छलफल भएको महासंघका कोशी प्रदेश सचिव हरी कार्कीले जानकारी दिनु भएको छ । उहाँका अनुसार भेलामा सुनसरीका विद्यालयहरुको अवस्था र चुनौती र अवसरकाबारेमा छलफल हुने छ । भेलाले सुनसरी घोषणा पत्र जारी गर्ने उहाँले जानकारी दिनु भयो । बैठकमा महासंघका केन्द्रीय सचिव काशीनाथ दंगाल, स्थानीय पालिकाका शिक्षा महाशाखा प्रमुखहरु समेतकाे उपस्थिति रहेको थियो ।