धरान /  एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजले धरानको पुतली लाइनमा २२औँ शाखा विस्तार गरेको छ । बैदेशिक शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई गुणस्तरीय शैक्षिक परामर्श प्रदान गर्दै आएको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज विहीबार शाखा सुरु गरेको हो । 

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान रहिसकेका नेपाल क्रिकेट सङ्घका सचिव एवम् एक्सपर्ट एजुकेसनका ब्रान्ड एम्बास्डर पारस खड्काले धरान शाखाको उद्घाटन गर्नु भएको छ । 

प्रमुख अतिथि समेत रहेका धरान उपमहानगरपालीकका उपमेयर अइन्द्र विक्रम बेघाले धरानमा व्यवसाय गर्न आउनु खुसीको कुरा भएको बताउँदै देश विकासमा साना ठूला सबै व्यापारी व्यवसायीको योगदान रहेको बताउनु भएको थियो ।

कार्यक्रममा सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठ, उद्योग सचिव अशोक जैन डागा, कार्यसमिति सदस्य विष्णु बराल, ई क्यान पूर्वाञ्चलका अध्यक्ष रवीन्द्र निरौला, नेपाल विज्ञापन बोर्डका सदस्य पवन अधिकारी, ई क्यान पूर्वाञ्चलका निर्वतमान अध्यक्ष प्रकाश लकान्द्री, नेका कोसी प्रदेशका पूर्व अध्यक्ष मोहन तिगेलालगायतको उपस्थिति रहेको थियो ।

अष्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको एक्सपर्ट एजुकेशनको धरान शाखा नेपालमा  २२औँ शाखा हो भने कोसी प्रदेशमा ५औँ शाखा हो ।

विश्वका २० वटा देशमा नेपाल सहित ६५ भन्दा बढी शाखा कार्यालयहरू सञ्चालनमा रहेको कम्पनिले जनाएको छ । कोसी प्रदेशको बिर्तामोड, दमक, विराटनगर, इटहरीमा शाखाहरू सञ्चालनमा रहेको सञ्चालक कमल तिम्सिनाले जानकारी दिनु भयो ।