धरान /  यहाँको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बालरोग विभागले अन्तर्राष्ट्रिय डायबिटिस र एन्डोक्रिनोलजी सम्मेलनको आयोजना गर्ने भएको छ । 

बालबालिकाहरुमा हुने मधुमेह रोगबारे जनचेतना तथा यसका नयाँ प्रवृत्तिबारे जानकारी गराउन यही चैत्र सोमबार मार्च १८ तारिक सम्मेलनको आयोजना गर्न लागेको हो । सम्मेलनमा मधुमेहबारे विज्ञ जापानी चिकित्सक प्राडा तात्सुको उराकामी बालबालिकामा हुने मधुमेहको टाइप १ र टाइप २ बारे अवगत गराउनु हुने प्रतिष्ठानका सहप्रवक्ता डा. अरुणकुमार सिंहले जानकारी दिनु भयो । 

सम्मेलनमा विभागीय प्रमुख प्राडा. निशा केशरी भट्ट, मेडिसिन विभाग प्रमुख डा. रविन मास्के, डा. अरुणकुमार सिंह, डा. सगुन खनाल, लगायतले मधुमेहको बारे जानकारी गराउनु हुने बताइएको छ ।