धरान / ११४ औ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सुम्निमा चाइल्ड क्लवले पुनस्थापना केन्द्रका वालवालिकालाई दिवा खाजा खुवाएका छन ।

धरान ८ स्थित सुम्निमा सेकेन्डरी स्कुलका विद्यार्थीहरुको क्लव सुम्निमा चाइल्ड क्लवले धरान १ स्थित पुनस्थापना केन्द्रका वालवालिकालाई शुक्रवार खाजा खुवाएका हुन । 

उहाँहरुले पुनस्थापना केन्द्रका २६ जना वालवालिकालाई खाजा खुवाएका हुन । ११४ औ अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर विद्यार्थी वालवालिकालाई व्यावहारिक ज्ञान दिनका लागि प्रत्यक्ष रुपमा उनिहरुलाई नै सहभागि गराइ आजको कार्यक्रम आयोजना गरिएको सुम्निमा स्कुलका क्लव संयोजक एवं शिक्षिक नम्रता तामाङ जानकारी दिनुभयो । आजको कार्यक्रमका लागि आप्mनो टिफिन खर्चवाट वचाएको रकम र शिक्षक शिक्षिकहरुवाट आर्थिक संकलन गरि संपन्न गरिएको शिक्षिका तामाङले जानकारी दिनुभयो । 

२०३९ सालमा स्थापना भएको सुम्निमा स्कुलमा नर्सरी देखि १० कक्षा सम्म अध्यपन भइरहेको छ । कार्यक्रममा पुनस्थापना केन्द्रका भिमकुमार राईले चाइल्ड क्लवलाई रचनात्मक कार्य रहेको वताउदै खाजाका लागि धन्यवाद दिनुभयो ।