धरान । दाया आँखाको माथिल्लो भागमा काठको चोके रोपिएका एक गम्भीर घाइते बालकको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सफल शल्यक्रिया भएको छ ।

इटहरी उपमहानगरपालिकाका पाँच वर्षीय बालक आवाज श्रेष्ठको आँखा विभागको सहयोगमा न्युरो सर्जन डा. आलोक दाहालले सफल शल्यक्रिया गर्नु भएको छ । उक्त काठको चोके करिव ६  इञ्च गाडिएको उहाँले बताउनु भयाे । उक्त चोकेले दिमाखमा समेत असर पुर्याएको डा. दाहालले जानकारी दिनु भयो । 

प्रतिष्ठानको आँखा विभागका डा. पुनम लभाजु, डा. संगिता भट्टराई, डा.समिक्षा भट्टराई तथा एनेस्थेसियोलोजी विभागको सिहकार्यमा दाहालले गत फागुन ७ गते शल्यक्रिया गरी काठको चोके निकाल्नु भएको थियो । 

ती बालकलाई सुरुमा विर्तामोडबाट प्रतिष्ठानमा रिफर भई आएका थिए ।  आँखामा चोके पसेकै अवस्थामा ल्याइएका बालकको आँखाबाट अत्यधिक रक्तस्राव भइरहेको थियो भने तत्कालै जाँच गरी शल्यक्रिया कक्षमा लगिएको थियो । उक्त समयमा बिरामीलाई तीन दिनसम्म आइसियुमा राख्नुपरेको थियो । बालकको गत हप्ता नै डिस्चार्ज भएर घर फर्किनु भएको छ । समयमा उपचार नभएको भए ती बालकको आँखा र दिमाखमा असर पर्ने थियो । 'निकै जटिल भए पनि सफल उपचार भएको छ ।'- डा. दाहालले भन्नुभयो । घटनाकाे ९ घण्टा पछि बालकलाई प्रतिष्ठान ल्याइएकाे थियाे ।

गम्भीर प्रकृतिको यो समस्या काठमाडौका अस्पतालहरुमा मात्र उपचार भइरहेको पूर्वमा प्रतिष्ठानले गदैं आएको प्रतिष्ठानका सहप्रवक्ता डा. अरुणकुमार सिंहले जानकारी दिनु भयो ।