धरान । बर्षौंदेखि धरानवासीले भोग्दै आएको विकराल समस्याको रुपमा भोग्दै आएको खानेपानीको समस्या समाधानमा थप राहत पु¥याउने उद्धेश्यले  भूमिगत पानीको लागि चारकोशी जंगल परिसरमा ३ वटा डिप बोरिङ थप गरिने भएको छ । 

कोशी प्रदेश सरकारको आर्थिक सहयोगमा आर्थिक वर्ष २०८०।०८१ को असार २२ गते भित्र नै उक्तm डिप बोरिङ निर्माण सम्पन्न गर्ने गरि सरकारको सरसफाई डिभिजन कार्यालय इटहरीले एक साता अघि आयोजनाको काम अघि वढाउनको लागि टेण्डर समेत आव्हान गरिसकेको छ ।

 सुनसरी क्षेत्र नम्बर १ (क) का सांसद रमेश वस्नेतको पहलमा आर्थिक बर्ष २०८०।०८१ को बजेटमा ४ करोड रुपैयाँ विनियोजना गरिएको थियो । उक्त वजेट अन्र्तगत नै धरानको खानेपानीको समस्यालाई थप राहत हुने गरि धरानको उदय सामुदायिक वन उपभोक्ता समुहको परिसर र कोशी सडक खण्डको धरान इटहरी सडक खण्ड अन्र्तगतको चारकोशे जंगलमा २ वटा डिप बोरिङ थप गरिने सांसद वस्नेतले बताउनु भएको छ । उहाँले भन्नु भयो,प्रदेश सरकारको बजेट, नीति र वजेटमा यो आर्थिक वर्षका लागि धरानको सवैभन्दा विकराल समस्या खानेपानी समस्यालाई धरानवासीमा राहत हुने गरि उक्त कार्य शुरु हुँदैछ । ४ वटाको लागि प्रस्ताव गरिएको भएपनि हाललाई ३ वटा स्वीकृत भई टेण्डर समेत आव्हान भइसकेको छ । यही असार २२ गते सम्म निर्माण कार्य सम्पन्न गर्ने आयोजनाको लक्ष्य रहेको छ ।’ 

उहाँका अनुसार प्रदेश सरकार समक्ष धरानको समस्याहरु अनगिन्ती भएता पनि मुख्य समस्याको रुपमा खानेपानीको समस्यालाई राहत पु¥याउनको निम्ति प्रदेश सरकारका तत्कालिन मुख्यमन्त्री हिक्मत कार्की र खानेपानी मन्त्री तिलविक्रम मेन्याङ्बो समक्षमा माग राखेर धरान उपमहानगरपालिकामा खानेपानी योजना भनेर यो आर्थिक वर्षमा वजेट विनियोजन भएको हो । प्राविधिकका अनुसार एउटा डिप बोरिङले २४ घण्टामा १९ लाख लिटर पानी तान्न सक्ने क्षमता रहने छ । बोरिङ गरेर तानिएको भुमिगत पानी धरान खानेपानी बोर्ड अन्र्तगतको हालकै संरचनामा जडान गरिने भएपछि धरानवासीलाई थप राहत हुने सांसद बस्नेतको भनाई छ ।