धरान /  जन्मदैं शरिरमा भएका सबै आन्द्रा बाहिर निस्किएको एक नवजात शिशुको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सफल शल्यक्रिया भएको छ । 

झापाको केचनाकवज गाउँपालिकाका निखत खातुनको एक साता अगाडी सफल शल्यक्रिया गरिएको हो । 

गत माघ १९ गते शिशुको प्रतिष्ठानमा भर्ना गरिएको थियो । बाल विभागका बाल राेग सर्जन डा. राजेश साहको टिमले शल्यक्रिया गरेको हो । उहाँका अनुसार शिशुका आन्द्रा जन्मै सबै बाहिर थुप्रिएको थियो । सुरुमा आन्द्रा संकलन गरेर एउटा प्लाष्टिकमा प्याक गर्ने काम गरियो त्यस पछि आन्द्रालाई शरिर भित्र राख्ने काम भएको उहाँले बताउनु भयो । ती शिशुको यो साता निको भएर घर फर्कने उहाँले बताउनु भयो । 

जटिल किसिमको यो समस्या विरलै हुने गरेको चिकित्सक बताउनुहुन्छ । डा. राजेसका अनुसार प्रतिष्ठानमा यो उपचार सेवा छैठौं पटक भएको बताउनु हुन्छ ।