धरान / सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा जारी धरान एक्स्पोमा ‘मन्त्र ब्याण्ड’ले आफ्नो सांगीतिक प्रस्तुती दिने भएका छन् ।

धरानका दर्शकले निकै प्रतिक्षा गरेको ‘मन्त्र ब्याण्ड’ले धरान एक्स्पोको बाह्रौं दिन लाइभ प्रस्तुती दिन लागेको एक्स्पोका संयोजक गोपाल श्रेष्ठले जानकारी दिनु भयाे । दार्जिलिङमा स्थापित मन्त्र ब्याण्डका ‘सधैं सधैं ’, ‘पहेली’, ‘नयाँ सपना’ लगायतका थुप्रै गीतहरु चर्चित छन् ।

एक्स्पोमा मन्त्र ब्याण्डसँगै स्थानीय कलाकारहरुले पनि आफ्ना कला प्रस्तुत गर्नेेछन् ।

रैथाने उत्पादनलाई उच्च प्राथमिकता दिइएको धरान एक्स्पो अवलोकन गर्न आउनेलाई दिनभर प्रवेश शुल्क नलाग्ने संयोजक श्रेष्ठले जानकारी दिनु भयाे । ‘साँझ मनोरञ्जनात्मक कार्यक्रम हुन्छ । राष्ट्रिय कलाकारहरू आउँदा २०० रुपैयाँ टिकट राख्ने गरेका छौँ ।’ - उहाँले भन्नू भयाे । एक्स्पोमा सवारी साधन पार्किङ पनि निःशुल्क रहेको संयोजक श्रेष्ठले बताउनु भयाे ।

फागुन ११ गतेदेखि सुरु भएको एस्क्पोमा दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्न विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूबाट सांस्कृतिक कार्यक्रम र विभिन्न मनोरञ्जनात्मक सामाग्रीहरू, किड्स जोन रहेको आयोजकले जनाएको छ ।