धरान / धरानमा रहेका निजी तथा आवासीय विधालयमा काम गर्ने चालक तथा सहचालकहरूको भेलाले नेपाल यातायात स्वतन्त्र मजदुर संगठन स्कुल इकाई कमिटी धरान गठन गरिएकाे छ । 

आज धरानमा भएकाे भेलाले गौतम ताम्राकारकाे अध्यक्षतामा ११ सदस्यीय कमिटी बनाइएकाे हाे । कमिटीकाे उपाध्यक्षमा मोहनकुमार थापा, सचिवमा डिकबहादुर लकान्द्री, सहसचिवमा  मनीकुमार तामाङ, कोषाध्यक्षमा थामबहादुर राई चुनिनु भएकाे छ ।

यस्तै सदस्यहरूमा दलबहादुर लिम्बू, खेमराज शर्मा, देवराज थापा, सुवास तामाङ, अजय तामाङ, भविन्द्र राई  रहनु भएकाे छ ।

संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईकाे प्रमुख आतित्थ्यतामा भएकाे कार्यक्रममा संगठनका धरान उपमहानगर कमिटी अध्यक्ष किरण थापाले समन्वय गर्नु भएकाे थियाे । प्रमुख अतिथि राईले सबै विद्यालयहरू सामाजिक काेषमा सहभागी भएर मजदुरहरूकाे भलाईमा याेगदान दिनु पर्ने बताउनु भयाे ।

निजी तथा आवासीय विधालयमा काम गर्ने चालक, सहचालक तथा कर्मचारीहरुलाई सामाजिक सुरक्षा कोषमा समेट्न आनाकानी गर्न नहुने उहाँले बताउनु भयाे ।  सामाजिक सुरक्षा ऐन र श्रम ऐन कार्यान्वयनले विद्यालयलाईनै जोखिम कम हुने अध्यक्ष राईले बताउनुभएको हो । 'मजदुरहरुको जीवनचत्रमा आइपर्ने समस्यालाई सम्बोधन गर्नेगरी सामाजिक सुरक्षा कोषले ल्याएको चारवटा स्किमलाई विद्यालयले कभर गर्नुपर्छ अन्यथा कोषमा मजदुरहरुलाई सहभागी गराउनुपर्छ ।'- राइले  भन्नु भयेा- विरामी हुँदा उपचार, दुर्घटनामा घाइतेहुँदा उपचार, मृत्युहुँदा आश्रित परिवारलाई राहत र बुढ्यौलीमा पेन्सनको व्यवस्था सामाजिक सुरक्षा कोषले व्यवस्था गरेकाले मजदुरहरु कोषमा सहभागी हुनु अनिवार्यरहे छ ।' 

त्यसका लागि मजदुरहरुले आफ्नो न्युनतम पारिश्रमिकको ११ प्रतिशत र विद्यालयले २० प्रतिशत योगदान गर्नुपर्ने र त्यसका लागि मजदुर, संगठन र व्यवस्थापकबीच छलफल आवश्यक रहेको राईले बताउनुभयो । 

कार्यक्रममा संगठनका केन्द्रीय सदस्य लक्ष्मी बानियाँ, संगठन कोशी प्रदेश सदस्य दुर्गा खतिवडा, धरान उपमहानगर कमिटी अध्यक्ष किरण थापा, सचिव बलबहादुर लिम्बूको उपस्थिति रहेको भियाे । भेलाले आगामी तीनमहिनाभीत्र कमिटीको अधिवेशन गर्ने र धरानमा रहेका स्कुलहरुको विवरण तयार गरि सबै श्रमिकहरुलाई संगठनमा समावेश गराउने निष्कर्ष निकालेकोछ ।