धरान  /  भारतबाट अवैध रुपमा चिनी ल्याएर विक्रि गर्ने दुधडेरीको एक गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । वडा प्रहरी कार्यालय धरान भानुचोकले धरान २ सिंहदेवि चोकमा रहेका कुटो कोदाली डेरी उद्योगको दुध बोक्ने गाडी शुक्रबार विहान प्रहरीले नियन्त्रणमा लिएको हो । 

प्रहरीका अनुसार दुधको गाडीमा भारतबाट चिनी ल्याएर धरानका खुद्रा व्यापारीहरुलाई विक्रि गर्ने गरेको सुराकीको आधारमा नियन्त्रणमा लिएको बताइएको छ । भारतमा चिनीको मूल्य प्रतिकेजी ६५ रुपैया रहेको छ । नेपालमा ९५ रुपैया प्रति केजी विक्रि हुदैं आएको छ । उक्त गाडीमा नियमित चिनी ल्याएर विक्रि गर्ने गरेको बताइएको छ । 

यस विषयमा गाडी नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लले जानकारी दिनु भएको छ । नियमित ल्याएर बेच्ने पेसेवर हो वा कहिले काही ल्याउने हो भन्ने विषयमा बुझ्ने काम भइरहेको डिएसपी मल्लले जानकारी दिनु भयो । 

यता डेरी संचालक एलभी भण्डारीले भने दहीमा लगाउनका लागि एक बोरा चिनी ल्याएको प्रतिक्रिया दिनु भएको छ ।